राष्ट्रिय आविष्कार केन्द्रले महावीर पुनको जीवनीमा आधारित ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नाममा पुस्तक १ सय दिनको अवधिमा ८४ हजार हजारप्रति पुस्तक बिक्री गरेका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमा ब्यङ्गात्मक शैलीमा वीरगन्जको कृषि औजार कारखानाका लागि खर्च जुटाउन यो अवधिमा ५ करोडको पुस्तक बिक्री गरेको बताएका छन् । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष समेत रहेका डा. पुनले जन्म जिल्ला म्याग्दी सहित २८ जिल्लामा पुगेर पुस्तक बिक्री गरी उक्त रकम संकलन भएको बताए ।

उक्त पुस्तक बिक्रीबाट संकलन भएको रकमले ३० बर्षदेखि बन्द रहेको वीरगन्जको कृषि औजार कारखाना सञ्चालन गर्ने लक्ष्य राखेको डा. पुनको भनाई छ । पुस्तकको खुद्रा बजार ७५० रुपैयाँ तोकिएको छ । पुनले सरकारसँग एक रुपैयाँ नलिई कारखाना चलाएर देखाउने दाबी गरेका छन् ।

आविष्कार केन्द्रले अहिले कारखानामा साना औजारहरू निमार्णका काम सुरु गरिसकेको छ । कारखानाबाट डा.पुनले देशभरका कृषकहरूलाई फाइदा पुग्ने उपकरण उत्पादन गर्ने बताए । डा. पुनले आविष्कारको क्षेत्रमा निरन्तर सक्रियता देखाइरहेकाले समेत पुस्तक बिक्री अभियानमा सर्वसाधारणले समेत सहयोगको प्रतिबद्धता सहित साथ दिएका थिए । पुस्तकको खुद्रा बजार ७५० रुपैयाँ तोकिएको छ ।

Leave a Reply