पर्वतको जलजला यातायात प्रालिले तीन करोडको लगानीमा बेनी–काठमाडौंका लागि सुविधा सम्पन्न बस सेवा संचालन गरेको छ । भारतको अशोक लेलैण्डको तीनवटा भाईकिंग बसमार्फत विगत ६ महिनादेखि नियमित बेनी र काठमाण्डौ रात्रीकालिन सेवा दिइएको जलजला यातायात प्रालिका सञ्चालन रामजी बोहोराले बताए ।‘यात्रुको रोजाईमा परेको छ, यात्रुको सुझाव अनुसार सेवाहरू थप्दै गएका छौ’ सञ्चालक बोहोराले भने ।

 

धौलागिरी क्षेत्रमा सञ्चालित बसहरुमा आधुनिक र सुविधासम्पन्न रहेको बोहोराको दावी छ ।

४० सिटे बस कालिपुल बसपार्कबाट बेनीबाट काठमाण्डौका लाागि हरेक दिन राती ६ः३० बजे र काठमाण्डौबाट ६ः४५ बजे बेनीका लागि यात्रा तय गर्नेछ । बसभित्र लक जरी बसमा सोफा सिटहरू, एयर सस्पेन्शन, चार्ज पोर्ट, थ्रिडी ध्वनि प्रणाली, टेलिभिजन झ्यालबाट बाहिरको दृश्य सहजै देख्न सकिने, सिसी टिभी, वाईफाई,अत्याधुनिक तरिकाले सिट सञ्चालन गर्न सकिन्छ । यात्रुको भाडा दर १५ सय रहेको छ ।

 

Leave a Reply