नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार र मोना कतार बहुउद्देश्यीय अक्षय कोषले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कतारमा रहेका म्याग्देलीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेको हो ।

कतारको अल दोसरी पार्कमा आयोजित शुभकामना तथा आन्तरिक बनभोज कार्यक्रमकोउद्घाटन गदैं बेनी नगरपालिका वडा नं ९ घतानका वडा अध्यक्ष चक्र केसीको कतारमा रहेका म्याग्देलीले जन्मभूमिमा गरेको सामाजिक एवम् मानवीय सेवाको उच्च प्रशंसा गर्नुभएको थियो ।

‘खाडीमुलुक भनेपनि यहाँ तपाईहरुको उपस्थिती निकै लोभलाग्दो छ, विभिन्न माध्यमबाट निरन्तर सहयोग समेत गरिरहनुभएको छ’ प्रमुख अतिथि केसीले भन्नुभयो।

खाडीमुलुक भनेर गरिने ब्यवहारलाई परिवर्तन गरी यहाँको बसाई, काम र सामाजिक क्षेत्रमा भइरहेको योगदान विश्वका ठूला देशका लागि समेत सन्देश भएको  बेनी नगरपालिका सामाजिक विकास समितिका संयोजक केसीको भनाई थियो । कतारको भ्रमणमा रहनुभएका वडा अध्यक्ष केसीले सामाजिक तथा शिक्षाको क्षेत्रमा मोना कतार र मोना कतार बहुउद्देश्यीय अक्षय कोषसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले विश्वभर रहेका म्याग्देलीको पहिचान स्थापित गर्ने मोनाको अभियानमा सहभागी हुन अनुरोध गर्नुभएको थियो । उहाँले मोनामार्फत जन्मभूमिमै सहयोग गर्ने, कर्मभूमीमा समस्या परेकालाई उद्धार, सहयोग सहित बिभिन्न रचनात्मक कार्यहरू गरिएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा मोना मोना कतारका अध्यक्ष राजु पौडेल र मोना कतार बहुउद्देश्यीय अक्षय कोषका अध्यक्ष बिक्रम कार्कीले रोजगारीका लागि कतारमा आएपनि जन्मभूमिमा सक्ने सबै किसिमको सहयोग गरिएको बताउनुभएको थियो ।मोना कतार र बहुउद्देश्यीय अक्षय कोषमार्फत रोजगारीबाट फर्किएकालाई सहयोगका साथै समस्यामा परेकालाई उद्धार सहितका अभियानमा समेत साथ दिएको दिएको छ ।

कार्यक्रममा कोषका संरक्षक, पदाधिकारी र अन्य सहभागीले हरेक व्यक्तिले २०८० सालमा गरेको कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्नुपर्नेमा जोड दिएका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रम मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाइली,अध्यक्षता मोना कतारका अध्यक्ष पौडेल, स्वागत उपाध्यक्ष हेम बानियाँ र सञ्चालन महासचिव शिव खड्काले गर्नुभएको थियो ।

Leave a Reply