प्रहरी र प्रदर्शनकारीबिच काडमाडौंको भद्रकालीमा झडप भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका मंगलबार दिउँसो झडप भएको हो।

प्रहरीले प्रदर्शन नियन्त्रण गर्न पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र प्रवेश गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो।

राप्रपा ४० बुँदे माग राखेर आन्दोलन गरिरहेको छ। राप्रपाले राजासहितको शासन व्यवस्था र धर्मनिरपेक्षता हटाएर हिन्दु राष्ट्र बनाउनुपर्नेलगायतका ४० बुँदे मागहरु राखेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । देशभरबाट काठमाडौंमा जम्मा भएका राप्रपाका प्रदर्शनकारीले भद्रकालीबाट निषेधित क्षेत्र तोड्दै सिंहदरबारतर्फ अघि बढ्ने प्रयास गरेका थिए ।

प्रहरीले रोक्नका लागि राखेको रेलिङको बार तोडेर अघि बढ्ने प्रयास गरेपछि बल प्रयोग भएको थियो । प्रहरीले पानीको फोहोरासहितको प्रयोग गरेपछि आन्दोलनकारी तितरवितर भएका छन् । प्रहरीले निरन्तर पानीको फोहोरासहित आन्दोलनकारीलाई पछि हटाउँदै सहिदगेट कटाएको छ ।

Leave a Reply