कुमारी बैंक बेनीमा शाखाले २३ औँ वार्षिकोत्सव बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ। बैंकले बार्षिकोत्सवका अवसरमा क्याम्पसचोकस्थित एमके कम्प्लेक्समा रहेको शाखामा बैंकका जेष्ठ ग्राहक यामप्रसाद श्रेष्ठद्वारा दिप प्रज्वलन सहित केक काटेर बार्षिकोत्सव मनाइएको हो ।

बार्षिकोत्सवको अवसरमा शाखा प्रबन्धक मिलनकुमार श्रेष्ठले यो अनवरत यात्राका लागि म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका ग्राहक, सम्पुर्ण शुभचिन्तकहरुले दिएको अथक साथ र विश्वास प्रति हार्दिक कृतज्ञता ज्ञापन गरेका थिए ।

शाखा प्रबन्धक श्रेष्ठले सेवाग्राहीमैत्री तथा आधुनिक प्रविधिको प्रयोग अग्रस्थानमा रहेको बैंकले आफ्ना निरन्तर सेवा र सुविधालाई नवीनतम प्रणालीका साथ सशक्त र सुलभ बनाउँदै जाने बताए ।

बार्षिकोत्सवको अवसरमा बुधबार बैंकमा आउने ग्राहक, शुभचिन्तकसँग शुभकामना आदानप्रदान र नयाँ ग्राहकलाई सेवाहरु तथा वित्तिय जानकारी गराइएको थियो । बैंकको देशैभरी ३०३ शाखा, ३१४ एटिएम तथा ५०एक्सटेन्सन काउन्टर छन्।

Leave a Reply