बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । सोमबार बागलुङ बजारदेखि बागलुङ नगरपालिका–३ दोविल्ला जाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा बा.न.पा.–३ रात्माटामा दुर्घटना हुँदा एक बालिका सहित पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक (इन्सपेक्टर) दिपकबाबु केसीले जानकारी दिए ।

दुर्घटनामा बागलुङ नगरपालिका–३ की ४५ वर्षीया रेवती किसान, २४ बर्षीया सम्झना किसान, ५ बर्षीया साँची किसान, ६८ बर्षीय रोहिणीदत्त शर्मा र कास्की माझी गाउँपालिका–१२ का ४८ बर्षीय शन्त बहादुर परियार घाईते भएको इन्सपेक्टर केसीले बताए । उनले घाईतेहरुको प्रहरीले उद्धार गरि उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा पठाएको जानकारी दिए ।

अटो रिक्साका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply