म्याग्दीको रघुगंगा गाउँपालिका-७ ,कुकुर भुक्नेस्थित बगरखोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । रघुगंगा गाउँपालिका-१,बेग बस्ने दिपक पूर्जाको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।

५ जना साथीहरुसँग पौडी खेल्न गएका पूर्जा डुबेपछि साथीहरुले उद्धार गरी बेनी अस्पतालसम्म ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । पौडी खेल्ने क्रममा अचानम डुबेका किशोर पूर्जा खोलाबाट निकाल्ने क्रममा अचेत अवस्थामा थिए । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरेको प्रहरी निरिक्षक कुमार गुरुङले बताए ।

Leave a Reply