म्याग्दीलाई जापानमा चिनाउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा हुन लागेको प्रथम म्याग्दी (मोना) ईताबासी फेस्टिवलको प्रचारप्रसार तिब्र पारिएको छ । आगामी महिनाको अप्रिल २७ र २८ तारिखमा हुने फेस्टिवलका बारेमा जापानका विभिन्न स्थानमा प्रचारप्रसारलाई तिब्रता दिइएको महासचिव सागर कार्कीले बताए ।

मोना जापानले प्रचारप्रसार, आर्थिक संकलनका साथै फेस्टिबलको आयोजनाका बारेमा विभिन्न संघसंस्थासँग अन्तरक्रिया सहितका कार्यक्रमहरु समेत गरिरहेको छ ।

म्याग्दी, गण्डकी प्रदेश एवम् नेपालका धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक तथा पर्यटकीय गन्तव्यहरुको जापानी समुदायमाप्रचार प्रसार र पर्यटन प्रवर्धन गर्ने मुख्य लक्ष्य सहित ईताबासीकुको सहकार्यमा एतिहाँसिक बनाउने गरी प्रचारप्रसारमा जुटेको मोना जापानका अध्यक्ष विशाल केसीले बताए । मोना फेस्टिबलका कार्यक्रम संयोजक ज्ञानेन्द्र कार्कीले प्रचारप्रसारसँगै तयारीमा कुनै कमी नभएको बताए ।

फेस्टिबलका लागि कार्कीको संयोजकत्वमा १५० सदस्यीय मुल आयोजक समिति समेत गठन गरिएको छ । २० वटाभन्दा बढी स्टलहरु रहने फेस्टिवलमा म्याग्दी जिल्लाको धार्मिक, पर्यटन, कला र संस्कृतिलाई प्राथमिकता दिइने छ ।

मोना फेस्टिबलले जापानीमा सकारात्मक सन्देश प्रवाह गर्न सकेमा म्याग्दीका पर्यटकीयस्थलमा समेत भ्रमण बढाउन सहज हुने भएकाले मोना आइइसीले सक्रियतापूर्वक सहकार्य गर्ने मोना आईसिसि अध्यक्ष ददिवल खड्काले बताए ।

Leave a Reply