बेनी नगरपालिका–१ रत्नेचौरमा शनिबार सम्पन्न मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि रत्नेचौर क्रिकेट क्लवले जितेको छ । टस जितेर बेनी क्रिकेट क्लवले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको रत्नेचौरले निर्धारित ४० ओभरको खेलमा ३७ ओभरमा सवै विकेट गुमाएर २ सय २६ रन बनायो। बेनीले २ सय २७ रनको लक्ष्य पच्छाउने प्रयास गरेपनि ३८ ओभरमा २ सय ६ रन बनाएर अलआउट भएको थियो ।

रत्नेचौरका लागि बिबेक आचार्यले ३७ रन, गोपाल रावल २४ रन बनाए ।रत्नेचौरका लागि जस्विन थापा र बिशाल आचार्यले दुई विकेट लिएका थिए ।त्यस्तै बेनी क्रिकेट क्लवका अशोक कार्कीले सर्वाधिक ४ विकेट लिएका थिए ।

तीन खेलको सिरिसमा पहिलो खेल रत्नेचौर, चुत्रेनीमा भएको दोस्रो खेलमा बेनी र अन्तिम खेल रत्नेचौरले जितेको थियो । रत्नेचौर क्रिकेट क्लवले घरेलु मैदानमा उत्कृष्ट खेल प्रर्दशन गदैं २–१ ले जित हासिल गरेको लबकुश शर्माले बेनीअनलाइनलाई बताए । उनका अनुसार पछिल्लो समय क्रिकेटमा देखिएको क्रेजले समेत नियमित खेल सञ्चालन हुन थालेको बताए ।

प्रतियोगितामा म्यान अफ दि सिरिज बेनी क्रिकेट क्लवका अशोक कार्की,बेष्ट बलर रत्नेचौरका जस्बिन थापा र बेष्ट ब्याड्मेन्ट रत्नेचौरका जिवन पौडेलले जितेका छन् । विजेताले ट्रफी, मेडल प्राप्त गरेका थिए । जिल्ला क्रिकेट संघ म्याग्दीका अध्यक्ष प्रविण पौडेलको अगुवाइमा सुरु भएको क्रिकेट खेलाइले अहिले निकै अगाडी बढेको छ ।

Leave a Reply