नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीले सचेतना मुलुक कार्यक्रमको आयोजना गरी ’ग्लोबल मनी वीक मनाएको छ । शुक्रबार सदरमुकाम बेनीको बिरेन्द्रचोकबाट बजार परिक्रममा गरी सचेतनामुलक कार्यक्रम मनाएको हो ।

लघुवित्त संस्थाको शाखा प्रबन्धक ,कर्मचारीहरू, लघुवित्त संस्थाका सदस्यहरू, बेनी सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरू, युवाहरू,सर्वसाधारणहररूको उपस्थितमा ‘तपाईंको पैसा सुरक्षित गर्नुहोस्, तपाईंको भविष्य सुरक्षित गर्नुहोस्’ भन्ने अभियान सहित मनाइएको हो । यसैबीच नेपाल राष्ट्र बैंकबाट जारी सूचना अन्तर्गसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम भइरहेको छ ।

वित्तिय संस्था के हो, प्रदान गर्ने विभिन्न सेवा–सुविधाहरू, बैंकिङ बारे आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने तरिका, बचत गर्ने बानी सुधार गर्ने तरिका, विभिन्न कर्जा लगायत सहुलियतपूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, कानुनीरुपमा गरिने रेमिटेन्सको प्रक्रिया, कानुन विपरीतको हुण्डी र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरूमा विस्तृत ज्ञान दिने गरिएको छ ।

‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोु’ भन्ने मुल नाराका साथ बैंकले ‘ग्लोबल मनी वीक–२०२२’ मनाएको हो ।

Leave a Reply