म्याग्दी मुद्रण उद्योग संघको प्रथम स्थापना दिवसको अवसरमा जिल्ला कारागार कार्यालयमा रहेका कैदी बन्दीहरुका लागि १ थान प्रिन्टर सहयोग गरेको छ ।

संघका अध्यक्ष सन्दिप खत्री लगायतको टोलीले नि. कारागार प्रमुख इन्द्रप्रसाद शर्मालाई हस्तान्तरण गरेको हो । कैदी बन्दीहरुको माग अनुसार उनीहरुको आवश्यकता पुरा हुने वस्तु उपलब्ध गराइएको हो ।

संघका अध्यक्ष सन्दिप खत्रीको अध्यक्षता, उपाध्यक्ष रुद्र ्रप्रसाद सुवेदीको स्वागत, सचिव सन्तोष ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थाले व्यवसायिक हक हितसँगै विभिन्न सामाजिक काममा समेत जोडिदै आएको छ । हाल जिल्लामा २० वटा भन्दा बढी प्रिन्टीङ्ग सम्बन्धी काम गर्ने फर्महरु संघमा आबद्ध रहेका छन् ।

Leave a Reply