People from the Magar community in their traditional attire pose for a group picture during a program organized to mark the 26th Magar Day in Kathmandu on Tuesday. The day in which 'Nepal Magar Association" was founded is celebrated as Magar Day by people of Magar Community which falls on the 15th of Falgun every year. Post/Photo: Anish Regmi

मगर समुदायले ४२ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस आज मंगलबार मनाउँदैछन् । मगर दिवसको अवसरमा नेपाल मगर संघ म्याग्दीले संस्थापक अध्यक्ष हेमपुन मगर स्मृति अन्तरमावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको आयोजना गरेको छ ।

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन् । स्थापना दिवसको अवसरमा दिउँसो परम्परागत भेषभुषासहितको ¥याली प्रदर्शनी तथा सोरठी,सालैजो लगायतका नाचसहित जिल्ला समन्वय समितिको सभाहलमा औपचारिक कार्यक्रम गरिने नेपाल मगर संघका सचिव हिराबहादुर पुनले बताए ।

मगर समुदायले फागुन १५ गते सार्वजनिक विदा दिनुपर्ने, नेपालका प्रथम शहीद भनिने लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् । तर आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको उनीहरुको गुनासो छ । मगर संघका संस्थापक अध्यक्ष समेत म्याग्दीकै हुन् ।

Leave a Reply