म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले दोस्रो कीर्तिपुर नगरपालिका यू-१८ राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष बास्केटबल प्रतियोगितामा जितेको छ । आज सम्पन्न फाइनल खेलमा कास्कीको अन्नपुर्ण गाउँपालिकालाइ पराजित गर्दै दोश्रो पटक उपाधि जितेको हो  ।

सेमिफाइनलमा किर्तिपुर  नगरपालिकालाई पराजित गर्दै म्याग्दीको अन्नपुर्ण  फाईनलमा पुगेको  थियो । प्रतियोगितामा प्रथम हुँदै म्याग्दीले १ लाख २५ हजार नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा कास्कीको अन्नपुर्ण गाउँपालिकालाई ६६ का बिरुद्द ७४ अंकले पराजित गर्दै दोश्रो पटक उपाधि जितेको हो  दोश्रो हाफको अन्तिम क्वाटरमा निकै रोचक र समाह्लिएर खेल्दा म्याग्दीले अंक  अन्तरलाई बढाएको थियो ।अन्तिम क्वाटरको ६ मिनेट समय बाँकी रहंदा ६२ / ६५ को अन्तर रहेको निकै प्रतिस्पार्धामक खेलमा अन्तिम २ मिनेट बाकि रहंदा म्याग्दीले अंक अग्रतालाई बढाउदै अन्तत ८ अंकको अग्रताले खेल जित्न सफल भएको हो ।

Leave a Reply