म्याग्दी समाज अमेरिकाको आठौं अधिवेशनबाट अध्यक्षमा कृष्ण केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष निलम कुमार थापा, उपाध्यक्ष सुर्दशन पौडेल, कमल छन्त्याल, महासचिव दिनेश जिसी, सचिव सन्तोष खड्का, कोषाध्यक्ष सवि थापा, सहकोाषध्यक्ष रेनु सापकोटा रहेका छन् ।

अमेरिकामा रहेका म्याग्देलीहरुले सामाजिक एवम् मानवीय सेवामा सहयोग पुग्ने गरी स्थापना गरेको संस्थाको कार्यसमिति सदस्यहरुमा ज्ञानु बानियाँ,रिना बुढाथोकी,सुजन रामदाम,सज्जन बोहोरा,कमल खत्री,सुरज थापा,दिनेश सुबेदी,अनुषा रिजाल,भुपेन्द्र थापा,सन्दिप कार्की र सुमित शाही रहेको म्याग्दी समाज अमेरिकाका निर्वतमन महासचिव किशोर शर्माले बताए । अधिवेशनको अवसरमा बोल्दै निवर्तमान अध्यक्ष अर्जुन शाहीले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका थिए ।

यसैबीच नवनिर्वाचत अध्यग केसीले अमेरिकामा रहेका म्याग्देलीलाई समाजमा आवद्ध बनाएर संस्थागत गतिविधिसँगै सामाजिक एवम् मानवीय सेवाका कार्यहरुमा समेत सक्रियता देखाउने बताएका थिए । उनले अध्यक्षमा सर्वसम्मत चयन गर्ने निर्वाचिन मण्डल, निर्वतमान सहित समाजका सम्पूर्ण सदस्यहरुमा धन्यवाद समेत ब्यक्त गरे।

Leave a Reply