बागलुङ उद्योग बाणिज्य संघ र नेपाल धितोपत्र बोर्डको आयोजनामा तथा दिब्या सेक्युरिटीज एन्ड स्टक हाउस प्रालिको सहआयोजना मंगलबार बागलुङमा धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशकद्धय श्याम मण्डल र भुपती पाण्डेले प्रशिक्षण दिएको कार्यक्रममा बागलुङका उद्योगी, ब्यापारी तथा धौलागिरी बहुमुखी क्याम्पसका विद्यार्थी लगायत लगानीकर्ता गरी ८० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा धितोपत्रबजारको महत्व, धितोपत्रबजार संयन्त्र, धितो बजारमा सहभागी संघसंस्थाको विवरण, धितो बजारको तथ्यांकीय विवरण, धितोपत्र सम्बन्धि ऐन, नियम, धितो बजारमालगानीगर्दा ध्यानदिनुपर्ने कुराहरु, लगानीगर्दा हुने फाइदाहरू, वित्तिय प्रणाली,प्राथमिक वजार र दोस्रो शेयर बजारमा कारोबारका गर्दा थाहा पाउनुपर्ने वित्तीय विवरण र लगानी गर्दा ख्याल गर्नुपर्ने विषयमा जानकारी गराईएको थियो ।

प्रमुख अथिति नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी सदस्य युबराज राजभण्डारीले अहिलेको पुँजीबजारको समस्या समाधानको लागिनियमनकारी निकाय, सरकार र लगानीकर्ताहरुको सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा जिज्ञासा राख्ने अधिकांसले राष्ट्र बैङ्कको सेयरबजारलाई हेर्ने दृष्टिकोणसँगै शेयर बजारमा राष्ट्र बैङ्कले लगाएको क्याप पूर्ण रुपमा नहटाएसम्म सेयरले पूरानै लय समात्ने सम्भावना नरहेको बताएका थिए ।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत सञ्चालन दिब्या सेक्युरिटीज बागलुङका प्रमुख कुमार शर्माले धितोपत्र बजारमा किनबेच गर्दा कसरी अवसरको सदुपयोग गर्ने लगायतका प्राविधिक पक्षहरूको बारेमा जानकारी सहित शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन बागलुङ उद्योग बाणिज्य संघका महासचिव ऋषिराम गौतमले गर्नुभएको थियो ।

Leave a Reply