मलेसियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाको आयोजनामा प्रथम मोना कप भलिबल प्रतियोतिको उपाधी नवलपुरले हात पारेको छ ।

आयोजक मोना मलेसियालाई उपविजेतामा सिमित गदैं नवलपुरले उपाधी चुमेको हो । प्रतियोगितामा तेस्रो गुल्मी मोना मलेसियाले जनाएको छ । प्रतियोगिताका विजेताले क्रमश तीन हजार १११ र दुई हजार १११, एक हजार १११ आरएम सहित मेडल र प्रमाणपत्र हात प्राप्त गरेका छन् । प्रतियोगितामा कुल २० टिमको सहभागिता रहेको थियो ।

साथै सोही अवसरमा संचालन हुने घैटो फोर हेन्सम कार्कीले आरएम दुई सय ५० सहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको महासचिव केश रोका मगरले बताए । चिनायाँ नयाँ वर्षको अवसरमा सञ्चालन हुने प्रतियोगिता शाहा आल्लम सेक्सन २७ मा आयोजित खुल्ला भलिबल प्रतियोगिताले उत्साहजनक सहभागिता रहेको थियो ।

सामाजिक क्षेत्रमा समेत सक्रिय मोना मलेसियाका अध्यक्ष पुर्ण प्रसाद रोका मगरले खेलकुद मार्फत मलेसियामा रहेका नेपालीहरुविचमा भाइचाराको सम्बन्ध स्थापित गर्न ,खेलकुदको प्रवद्र्धन र खेलप्रतिभाको पहिचान गर्न प्रतियोगिताले मदत पुगेको अध्यक्ष पूर्ण रोकाले बताए । मोना मलेसियाले मलेसियामा समस्यामा परेका म्याग्देलीको उपचारका साथै सहयोग, जन्मभूमि म्याग्दीमा हुने विभिन्न कार्यक्रमहरुमा समेत सहयोग गर्ने गरेको छ ।  

 

Leave a Reply