गीतसंगीतको माध्यमबाट विश्वभर चिनिएका चर्चित यूवा गायक प्रकाश दुतराजलाई म्याग्दी प्रवासी नेपाली संघ ‐दक्षिण कोरिया) ले सम्मान गरेको छ। दक्षिण कोरियाको सांगितिक यात्रामा रहेका म्याग्दीको मंगला गाउँपालिका-५,अर्मनका दुतराजलाई एक कार्यक्रम गरी सम्मानपत्रले सम्मान गरेको हो ।सम्मान कार्यक्रमका प्रमुख अतिथि एवम् मोना आइइसीका महासचिव सुनेश केसीले म्याग्दी जिल्लामा जन्मिएर विश्वभर चिनिएका दुतराजलाई प्रवासी म्याग्देलीले समेत साथ सहयोग दिनुपर्ने बताए ।

‘म्याग्दीले धेरै कलाकार जन्माएको छ, स्थापित कलाकारहरुले म्याग्दीलाई पनि चिनाउनुभएको छ’ प्रमुख अतिथि केसीले भने । उनले म्याग्दीका पूराना र नयाँ कलाकारलाई प्रवासमा सम्मानको वातावरण समेत बनेको बताए । त्यस्तै मोना दक्षिण कोरियाका अध्यक्ष दुर्गा भण्डारीले दुतराजले सांगीतिक क्षेत्रमा प्राप्त गरेको सफलताले म्याग्दीको शीर उच्च भएको बताए ।

गायक दुतराजको सांगीतिक क्षेत्रको सफलता सम्पूर्ण म्याग्देलीको प्रतिष्ठासँग जोडिएको बताए। सम्मान कार्यक्रममा बोल्दै गायक दुतराजले म्याग्देलीको साथ र सहयोगले यो उचाई चुमेको बताए । उनले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीको साथ र जन्मभूमीको माटो र मायाँकै कारण यो स्थानमा आएको बताए । गायक दुतराजको पछिल्लो गीत रिमैं निकै चर्चित छ ।

उनले पस्किएका धेरै गीत करोड क्लबमा प्रवेश गरेका छन् । ‘लाहुर जाने रेलैमा’, आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा जस्ता सांगितिक श्रृखला निकै रुचाइएको छ ।

गायक दुतराजले गीत मनोरञ्जनका लागि भन्दा पनि समाजको विकृती र सामाजिक सद्भावका लागि प्रस्तुती दिने गरेका छन्। करिब २ दर्जन गीत पस्किएका दुतराजका अधिकांस गीत चर्चित भएका थिए । सम्मान कार्यक्रमको अध्यक्षता मोना कोरियाका अध्यक्ष दुर्गा भण्डारी, स्वागत बरिष्ठ उपाध्यक्ष पुस्कल पुन र सञ्चालन महासचिव दिनेश केसीले गरेका थिए । सम्मान कार्यक्रममा मोना कोरियामा आवद्ध रहेकाको उल्लेखनीय उपस्थिती रहेको थियो ।

Leave a Reply