बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ। ग्रामीण क्षेत्रबाट तीव्र बसाइँ सराइका कारण बढ्दो जनसंख्याको चापले खानेपानीको अभाव महशुस गरी बि.स २०६३ सालमा करिव ५ करोडको लागतमा सुरू गरिएको खानेपानी संस्थामार्फत बेनीबजार क्षेत्रका ११ सय १४ घरधुरीमा धारा जडान गरिएको छ।

वि.स २०६३ सालमा ४ करोड ९३ लाख, २०७३ सालमा ६ करोड १५ लाख गरी कुल ११ करोड ५ लाखको र चालु आवमा निर्माणाधिन बेनी गुणस्तर सुधार खानेपानी आयोजनामा ५ करोड ८२ लाख लागतमा सञ्चालित आयोजनाले गत आवमा ६२ करोड खानेपानी आपूर्ती भएकोमा ३७ करोड १० हजार लिटर पानी बिक्री गरी दुई करोड ६१ लाख ९८ हजार आम्दानी गरेकोमा सञ्चालन खर्च २ करोड ४६ लाख कटाएर ७३ हजार भएको कोषाध्यक्ष हमालले बताए ।

आर्थिक वर्ष २०७९÷०८०मा संस्थाले नगर विकास कोषलाई १७ लाख ६० हजार ७७१ रुपैयाँ सावाँ किस्ता र ५ लाख पचास हजार ब्याज भुक्तानी गरेको छ भने ८७ लाख ८८ हजार नगर विकास कोषलाई भुक्तानी गर्न बाँकी रहेको छ । संस्थाको बैंक तथा नगद मौज्दाततर्फ दुई करोड ४९ लाख ८७ हजार रहेको छ । संस्थाको आइतबार सम्पन्न २४ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनको उद्घाटन गदै प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बीर’ले बेनी खानेपानीको कार्यसम्पादन उत्कृष्ट रहेको बताए ।

उनले जिल्लाबासीलाई शुद्ध खानेपानी वितरण गर्ने अभियानमा नितिगत निर्णय र बजेट सुनिश्चितता गर्ने प्रतिबद्धता जनाए । लामो समयदेखि अलपत्र म्याग्दीका दुई बृहत चिमखोला–भगवती–पिप्ले खानेपानी र घोप्टेखोला खानेपानी आयोजनाको कामलाई तत्काल अगाडी बढाउनको लागि फाइल खानेपानी मन्त्रालयबाट अर्थमन्त्रलायमा पु¥याइएको समेत सांसद गर्बुजाले बताए ।

साधारणसभामा बेनी नगरपालिका प्रमुख सुरत केसी,संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका प्रमुख सुनम थापा, भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका कार्यालय प्रमुख दिवाकर पौडेल, संस्थाका पूर्व अध्यक्ष हरिकुमार श्रेष्ठ,नेपाल मंका खलःका कार्यवाहक अध्यक्ष कुबिरकुमार श्रेष्ठलेशुद्ध एवं स्वच्छ खानेपानीका लागि भइरहेको प्रयासको प्रशंसा गरेका थिए।

????????????????????????????????????

संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले मुहानदेखि मुखसम्म शुद्ध खानेपानी उपलब्ध गराउन प्रति सेकेन्ड २० लिटर क्षमताको पानी भण्डारण र शुद्धिकरण गर्ने सेडिमेन्टेसन टंकी र स्लो स्याण्ड फिल्टर टंकीको निर्माण भइरहेको संस्थाका अध्यक्ष माधबप्रसाद रेग्मीले बताए । कार्यक्रममा सचिव राजेन्द्रकुमार श्रेष्ठले वार्षिक र कोषाध्यक्ष टंकबहादुर हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैबीच संस्थाको अध्यक्षमा रमेश गिरी चयन भएका छन् ।समितिको उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ ,सचिव केशव प्रसाद रेग्मी,कोषाध्यक्ष टंकबहादुर हमाल चयन भएको संस्थाका प्रवन्धक यामबहादुर बिकले बताए । समितिको सदस्यहरुमा सिर्जना श्रेष्ठ,मनोज पौडेल,राधिका सापकोटा बलराम सुवेदी र गंगाकुमारी खत्री रहेका छन् । नवनिर्वाचित अध्यक्ष गिरीले मुहान देखी उपभोक्ताको मुखसम्म शुद्ध खानेपानी उपलब्ध गराइरहेको संस्थाले आधुनिक प्रविधिको प्रयोग गरिएको र आवश्यकता अनुसार सुविधा थप्दै जाने बताए ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको पुम्दीखोला, रिठ्ठाखर्क, डाँडाखर्क, दुधे र कोप्रे खोलाबाट प्रति सेकेण्ड २० लिटर आपुर्ती गर्न सक्ने अवस्थामा पुगेको छ भने खडेरी, पाइप फुटेको, पहिरोका कारण आपूर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ । बेनी–जोमसोम–कोरला सडक विस्तारको क्रममा खानेपानीको पाइपमा क्षती पुग्दा खानेपानी आपूर्तीमा समस्या भइरहेको अवस्थामा पटकपटक मर्मतमा समेत खर्च गर्नुपर्ने बाध्यता रहेको संस्थाले जनाएको छ।

 

 

Leave a Reply