पर्वत जिल्लाको जलजला गाउँपालिका पर्वत बेनीमा अवस्थित उद्योग बाणिज्य संघ उपशाखा जलजलाको १३औ साधरण सभा तथा ४औ अधिबेशनबाट हिराबहादुर जिसीको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति चयन गरिएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा शिव जिसी, उपाध्यक्ष मुकुन्द शर्मा (उद्योग ), उपाध्यक्ष बाबुराम पौडेल (बाणिज्य ), महासचिव कृष्ण प्रसाद सुवेदी, नवीन जिसी,कोषाध्यक्ष ढुन्डीराज पौडेल रहेका छन् । त्यसैगरी सदस्यहरुमा तारा कार्कीजीवन थापाशान्ती पुनगणपती रेग्मी,बुद्धि बहादुर नेपाली र चेत प्रसाद सुबेदी रहेका छन् ।

अधिवेशनको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले उद्घाटन गदैं जलजला क्षेत्रमा निजी ब्यापारीसँग सहकार्य गरी काम गर्ने बताए । उनले आर्थिक, सामाजिक तथा विभिन्न पक्षमा सहकार्यबाट समृद्ध जलजला बनाउनुपर्नेमा जोड दिए ।

नवनिर्वाचत अध्यक्ष जिसीले जलजला क्षेत्रमा ब्यवसायीको हकहितमा काम गर्ने बताए । उनले ब्यापारिक तथा अन्य सामाजिक कार्यमा समेत सक्रिय हुने प्रतिबद्धता जनाए । नवनिर्वाचित अध्यक्ष पर्वत बेनीमा सामाजिक क्षेत्रमा सक्रिय छन् ।

Leave a Reply