हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेपछि मानववस्ती नजिक न्यानो खौज्दै पुगेका जंगली जीवजन्तुको चोरी सिकारी बढेको छ। जंगली जीवजन्तु मानववस्ती नजिक पुगेका झारल, घोलर, मृग, डाँफे, कालिज लगायतका जीवजन्तु मारेर खुलमखुल्ला वेचविखन भइरहेको छ।

जिल्लाका जयपृथ्वी नगरपालिकाका सुइल मयाना, पुगर, कैलाश, नौरा, वारिल, कोटदेवल, मष्टा, सुनिकोट धमेना, दाँतोला, काँडा, दहबगर, भामचौर, सुर्मा, दौलीचौर लगायतका लेकमा अहिले व्यापक चोरी सिकारी भइरहेको छ।

यसरी चोरीसिकारी भएका जीवजन्तुको मासु सदरमुकाम चैनपुरमा महंगो मूल्यमा खुल्लमखुल्ला विक्रिवितरण भइरहेको छ।

चोरी सिकारीकर्ताले बन्दुक, पासा र जालको मद्दतले जीवजन्तुको शिकार गर्ने गरेको स्थानीयहरू बताउँछन्। यसरी मारिएका जीवजन्तुको मासुले गाउँमै मूल्य नपाउने भएपछि सदरमूकामसम्म पु¥याउने गरेको जानकारहरू बताउँछन्।

यसरी मारिएका जीवजन्तुमा कालिच प्रतिकोटा १५ सयसम्म, डाँफेको दुई हजार, मृगको प्रतिकेजी ६ सय, झारलको एकहजारसम्म विक्रिवितरण हुने गरेको छ। सुकुटी बनाइएको मासुको मुख्य प्रतिकेजी चारहजारसम्म विक्रिवितरण भइरहेको छ।

यसरी बजारमा खुलेआम चोरीसिकारीबाट मारिएका वन्यजन्तुको मासु विक्रिवितरण भइरहँदा वन कार्यालय, प्रहरी र प्रशासन भने मूकदर्शक बनेका छन्। उता डिभिजन वन कार्यालयका प्रमुख भरतप्रसाद भट्ट भने आफूले चोरीसिकारीमा कडाई गरिरहेको दाबी गर्छन्।

उनले भने,‘पहुँच हुने ठाउँमा सधै निगरानी राखेकै हुन्छौं। अहिलेसम्म कसैले सुराँकी गरेको पनि छैन हामीले प्रहरी, प्रशासन गाउँपालिका, र विभिन्न वनका अध्यक्षसँग समन्वय गरिरहेका छौं।’

आफूले चोरीसिकारीबारे केही सुनेपनि पर्याप्त जनशक्ति नहुँदा नियमनमा समस्या भइरहेको उनले बताए। ‘हामीकहाँ वन अधिकृत ८ जनाको दरबन्दी छ, तर २ जना मात्रै छौं। २४ जना वन रक्षकको दरबन्दीमा १८ जना मात्र हुनुहुन्छ,’ उनले भने। nagariknews.com

Leave a Reply