म्याग्दीको सदरमुकाम बेनीमा सर्वाधिक पुरस्कार राशिको बिकु फ्यामिलि कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । खुल्लामञ्चमा आयोजित प्रतियोगिताका बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बेनी नगरपालिकामा प्रबक्ता रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँ लगायतको उपस्थिती रहेको थियो ।

म्याग्दीको बेनी संगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–३ मल्लाजचोक पर्वत बेनीमा रहेको बिकु फ्यामिलीले आयोजना तथा न्यू दोभान युवा क्लबको सहआयोजनामा भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा रिर्भर साइड क्लव बगरफाँटले मिलनचोक यूवा क्लवलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष सफल बुढाथोकीले बताए ।

प्रतियोगिताको पहिलो हुनेले एक लाख ४० हजार पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुनेले ७७ हजार सात सय ७७ र तेश्रो स्थान हासिल गर्ने टोलीले २२ हजार दुई सय २२ रुपियाँ नगद पुरस्कारका साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा फेयर प्ले अवार्ड सहित नगद आठ हजार आठ सय ८८ रुपियाँ, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट डिफेन्सलाई नगद चार हजार चार सय ४४ सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने बिुक फ्यामिलिका खेल संयोजक पुरन छन्त्यालले जानकारी दिए । माघ २० गते सम्म सञ्चालन हुने खेलकुद प्रतियोगितामा विदेशी खेलाडी समेत खेल्न पाउने आयोजकले जनाएको छ ।

एउटा टिमले बढीमा तीन जना सम्म विदेशी खेलाडीलाइ मैदानमा उतार्न सक्ने बिकु फ्यामिलिका सल्लाहकार आशिष भुजेलले बताए । कार्यक्रमको अध्यक्षता बुढाथोकी, स्वागत उपेन्द्र गिरी र सञ्चालन सुमित सुबेदीले गरेका थिए । प्रतियोगिताका नियमित खेलहरु बुधबारदेखि सञ्चालन हुने छ ।

Leave a Reply