म्याग्दीको रघुगंगा गाउँपालिका-३ मौवाफाँट फुलबारीमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ । सोमबार मान बहादुर भण्डारीको घरमा टुनिको दाउरा काट्न गएका मौवाफाँटका नबिन गर्बुजाकी श्रीमति ४८ की माया गर्बुजा रुखले लागेर ज्यान गएको हो ।

रुखमा मेसिनको सहायताले रुख काट्दै गरेका श्रीमानलाई बाटोमा बसेर हरिरहेका अवस्थामा रुख ढलेपछि भाग्ने क्रममा मायाँ गर्बुजाको टाउकोमा चोट लागेपछि बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेका थिए । अन्य व्यक्ति सडकभन्दा केही पर बसिरहेको अवस्थामा थप मानवीय क्षतीबाट जोगिएको प्रहरी निरिक्षक कुमार गुरुङले बताए ।

घटनालगत्तै प्रहरी चौकीबाट गएको टोली घटनास्थल पुगेर मुचुल्का गरेका थिए । मृतकको शब पोष्टमार्टम पछि परिवारको जिम्म लगाइएको छ । म्याग्दीमा रुख काट्ने क्रममा सहरी तथा ग्रामिण क्षेत्रमा समेत ज्यान गुमाउने गरेका छन् ।

Leave a Reply