म्याग्दीको सदरमुकाम बेनीस्थित प्रकाश माविको छात्र र छात्रा दुवै टिम जारी ‘प्रथम म्याग्दी भलिबल कप प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

बुधबार खुल्लामञ्चमा आयोजित सेमिफाइनलमा छात्रतर्फ प्रकाश माविले ज्ञानप्रकाश मावि दाना र किसानी मावि बिमले महेन्द्ररत्न मावि बरंजालाई पराजित गदैं फाइनलको यात्रा तय गरेको हो ।

त्यस्तै छात्रातर्फ प्रकाश माविले महेन्द्रमावि झिँ लाई पराजित गरेको थियो ।  शिख माविले शिशुकल्याण मावि अर्मनलाई पराजित गरेको जिल्ला भलिबल संघ म्याग्दीका अपिसियल संयोजक अशोककुमार शाहीले बेनीअनलाइनलाई बताउनुभयो । प्रतियोगिताको फाइनल शुक्रबार खुल्लामञ्चमा हुने छ ।

प्रतियोगितामा जिल्लाका अन्तरमावि छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।  यसैबीच महिला र पुरुष शिक्षकहरुको विच भलिबल खेल समेत सुरु भएको छ । पुरुष शिक्षकतर्फ २० र महिला शिक्षकतर्फ १० वटा विद्यालय सहभागि भएका छन ।

प्रतियोगिताको छात्र÷छात्रातर्फ प्रथम हुने विद्यालयलाई नगद रु ५० हजार र द्वितीय हुनेलाई नगद रु २५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपद्धारा पुरस्कृत गरिनेछ । त्यस्तै महिला÷पुरुष शिक्षकतर्फ प्रथम हुनेलाई नगद रु २० हजार र द्वितीय हुनेलाई नगद रु १० हजार ट्रफि, मेडल प्रमाणपत्रद्धारा पुरस्कृत गरिने म्याग्दी जिल्ला भलिबल संघका महासचिव कुमार किसानले जानकारी दिनुभयो ।

छात्र÷छात्रा र पुरुष÷महिला शिक्षकहरुको पुरस्कार राशी समान गरिएको आयोजकले जनाएको छ । त्यस्तै विद्यार्थीतर्फको उत्कृष्ट खेलाडीलाई रु ५ हजार र शिक्षकतर्फको उत्कृष्ट खेलाडीलाई रु २ हजार ५ सय पुरस्कारको व्यवस्था समेत रहेको छ । म्याग्दी कपको मुख्य प्रायोजकको रुपमा बेनी नगरपालिका–४ मा रहेको गौमति विकास कोष रहेको छ ।

Leave a Reply