म्याग्दीमा पहिलोपटक सहासिक खेल अन्तरगत पर्ने जिम्नास्टिक संघ गठन भएको छ । सदरमुकाम बेनीमा भएको भेलाबाट निरज राम्जालीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो ।समितिको उपाध्यक्षमा सोनाम लामा, सचिव आशिक भण्डारी, सहसचिव प्रविण गुरुङ, कोषाध्यक्ष मनिषा श्रेष्ठ रहेका छन् । कार्यसमितिको सदस्यहरुमा पवन पौडेल, किरोश थापा, रोहन भट्टचन,अभिनोस श्रेष्ठ,आशिष पूर्जा र अञ्जली श्रेष्ठ रहेका छ। संघको सल्लाहकारमा खड्कबहादुर खत्री, सन्दिप श्रेष्ठ र यूकेश छन्त्याल रहेका छन् ।

advनेपाल जिम्नास्टिक संघका केन्द्रिय सदस्य योगेश गुरुङ, विक्रम श्रेष्ठ र हरि पुनको उपस्थितिमा भएको भेलाबाट चुनिएको समितिले म्याग्दीमा समेत जिम्नास्टिक खेललाई निरन्तरता सहित नियमित खेल्ने वातापरण बनाउने बताएका थिए । नेपालमा जिम्नास्टिक खेल कमै सञ्चालन हुने गरेको छ ।

Leave a Reply