हड्डीको क्यान्सर पीडित म्याग्दीको बेनी नगरपालिका-१०, पात्लेखेतकी २० बर्षिया मनिषा पाईजा (मोनिका) को उपचारका लागि हकङकङबाट ८ लाखभन्दा बढी सहयोग गरिएको छ ।

करिब एक महिनादेखि भारतको राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरको बेड नं. ३६५७ ‘एफ’ मा उपचारार्थ मोनिकालाई रघुगंगा गाउँपालिका–४ दग्नाम स्थायी घर भई हाल हङकङमा रहेका सुजाव पुन र चिरनदेवी पुनको पहलमा संकलन भएको ८ लाख १४ हजार ८८० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

पाटन एकेडमी अफ हेल्थ साइन्सेजको ब्लर्ड क्यान्सर यूनिटका कार्यरत रजिष्टर नर्स मोनिकाको शरीरमा अचानक समस्या देखिएपछि उपचारको क्रममा हड्डीको क्यान्सर भएको चिकित्सकले बताएपछि थप उपचारका लागि भारत रिफर गरिएको थियो । मोनिकाको उपचारका लागि स्वदेश तथा विदेशमा आर्थिक संकलन अभियानलाई तिब्रता दिइएको छ ।

हङकङका आर्थिक संकलन अभियानको संयोजन गरेका सुजाव र उनकी धर्मपत्नी चिरनदेवीले सहयोगदातालाई धन्यवाद दिदैं मोनिकाको शिर्घ स्वास्थ्य लाभको कामना गरेका छन् । आफ्नो माइती गाउँकी चेलीको उपचारका लागि हङकङमा आर्थिक संकलन गरेको चिरनदेवीले बताईन् ।सुजाव पुन र चिरनदेवी पुन

चौथो चरणको हड्डीको क्यान्सर विरुद्ध संघर्ष गरिरहेकी पाइजाको परिवारको आर्थिक अवस्था कमजोर भएपछि थप उपचारका लागि बुबा ओमबहादुर पाइजाले सहयोगका लागि अपिल गरेको समाचार बेनीअनलाइनबाट सार्वजनिक भएको थियो ।

अभियानको क्रममा हङकङमा सबै नेपालीले मन खोलेर सहयोग गरेको अभियान्ता सुजाबले बताए । उनले सहयोगदाताले गरेको सम्पूर्ण सहयोग पीडित मोनिकाको खातामा जम्मा गरेको समेत बताए । अभियान्ता सजाबले ७ बर्ष अगाडी बेनी नगरपालिका वडा नं ८ कालिपुलका सुरज शाक्यको परिवारलाई ५ लाख १७ हजारभन्दा बढी सहयोग गरेका थिए ।

Leave a Reply