उच्च माविहरुको छाता संस्था (हिसान) गण्डकीले आयोजना गरेको प्रदेशस्तरीय निवन्ध लेखन प्रतियोगितामा पोखराको पालिखेचोकस्थित प्रतिभा माविकी छात्रा अनुष्का आचार्य प्रथम भएकी छिन । त्यस्तै तालचोकस्थित डायमन्ड माविकी कला भूजेल द्वितीय र करुणानिधी एजुकेसन फाउन्डेसन (केफ)की कृतिका गौतमले तेश्रो स्थान हात पारेकी छिन् ।

मासबारको स्टेप बाइ स्टेप विद्यालयकी निशा पोखरेल चौथो बनिन ।विद्यार्थीमा भएको क्षमता बाहिर ल्याउने उद्देश्यले निवन्ध प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक तथा हिसान गण्डकीका सचिव डा. पुन्यप्रसाद शर्माले जानकारी दिए ।

गण्डकी हिसानका अध्यक्ष रमाकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त प्रमुख अतिथि थिए । पन्तले विद्यार्थीको क्षमता बाहिर ल्याउन यस्ता गतिविधि आवश्यक पर्ने बताए ।निवन्ध प्रतियोगिताका विजयी छात्राहरुलाई हिसान गण्डकीको अधिवेशनको अवसरमा पुरस्कार प्रदान गरिने पनि शर्माले बताए ।

Leave a Reply