म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोएसियाले क्रिश्चियन धर्मावलम्बीहरूको क्रिसमस दिवस तथा अंग्रेजी बर्षको अवसरमा शुभकामना आदानप्रदान तथा नबआगन्तुकलाई स्वागत गरेको छ । क्रोएसियामा रहेका म्याग्देलीको साझा संस्था मोनाले संस्कृतिक कार्यक्रम सहित शुभकामना कार्यक्रम आयोजना गरेको हो ।

शुभकामना कार्यक्रमका प्रमुख अतिथि एनआरएनए क्रोएसियाका अध्यक्ष साइमन लामा, बिशिष्ट अतिथि सरेन्द्र आले मगर, सुनिल बम,मोना प्रमुख सल्लाहकार रामकृष्ण शर्मा लगायतले विभिन्न धर्म, सांस्कृतिक पर्वले मानव जाति बिचको एकता र सहकार्यलाई बलियो बनाउने बताएका थिए ।

मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासले म्याग्देली बिचको एकताका लागि संस्थामार्फत विभिन्न कार्यक्रम सहित रचनात्मक गतिविधि सञ्चालन गर्ने बताए ।

उनले क्रोएसियामा रहेका म्याग्देलीलाई मोनाका गतिविधिमा समेत सहभागी हुन समेत अनुरोध गरे । कार्यक्रमको सञ्चालन तेजेन्द्र फगामी, स्वागत प्रेम परियार, सपना जुग्जाली र अध्यक्षता अध्यक्ष सुनदासले गरेका थिए । पछिल्लो समय यूरोपेली देश क्रोएसियामा म्याग्दीबाट जानेको संख्या ह्वात्तै बढेको छ।

Leave a Reply