माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला अर्को कार्यकालका लागि नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रमा साढे २ दशकभन्दा लामो अनुभव बटुलेका प्रमुख कार्यकारी अधिकृत कोइराला करियरको छोटो समयमै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।

कोइरालाको पहिलो कार्यकालमा माछापुच्छ्रे बैंक वित्तीय सूचकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै संस्थागत सुशासनमा अब्बल सावित हुन सफल भएको छ ।

Leave a Reply