गुड नेवर्सको आर्थिक तथा प्राविधिक सहयोगमा धवलागिरी गाँउपालिकामा संगमम्याग्दी र कदमम्याग्दीले सन् २०२३ मा सञ्चालन गरेका गतिविधिहरुको वारेमा सामाजिक लेखा परिक्षण धवलागिरी गाँउपालिका वडा नं ३ मा सम्पन्न भएको छ ।
धवलागिरी गाँउपालकाका उपाध्यक्षश्री रेशमपुनको अध्यक्षता, प्रमुख प्रशासकियअधिकृत कृष्ण प्रसाद सुवेदी, वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष एंव प्रतिनिधिहरु, शिक्षकअभिभावक संघका प्रतिनिधिहरु, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका प्रतिनिधिहरु, विद्यालयका प्र.अहरु, बालक्लवका प्रतिनिधिहरु, गाँउपालिकका विषयगत शाखाका प्रमुखहरु, सामुदायिकविकास समितिका प्रतिनिधिहरु लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

उक्तकार्यक्रममा सहभागीहरुलाई कदम म्याग्दीकाअध्यक्ष हरि प्रसाद पौडेलले स्वागतगर्नुभएको थियो भने, संगम म्याग्दीवाट सञ्चालन भएका शिक्षा, स्पोन्सरसिप, बाल संरक्षण लगायतकागतिविधिहरुको प्रस्तुतिकरण शिक्षातथा संरक्षण अधिकृत विश्वनाथआचार्यले गर्नुभएको थियो । यसैगरि कदम म्याग्दीवाट सञ्चालनभएको स्वास्थ्यतथा सरसफाईको प्रस्तुतीकरण जनस्वास्थ्यअधिकृत निरमायामिजारले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहकारी व्यवसाय विकास अधिकृत शम्भु पन्थीले गर्नुभएको थियो ।
यसैगरि सामाजिक परिक्षक मुक्ति प्रसाद ढुंगानाले वस्तीस्तरमा पुगेर संस्थाहरुले सञ्चालन गरेका गतिविधिहरुको वारेमा सरोकारवालाहरुसँग छलफल गरि प्राप्तनतिजाहरुको प्रस्तुतीकरण गर्नुभएको थियो । संगम र कदमम्याग्दीले समुदाय स्तरमागर्दै आएका गतिविधिहरुले सरोकारवाला संस्था, व्यक्तिहरु लाभान्वितभएको र वितरण गरिएका सामाग्रीहरु गुणस्तरिय र आवश्यकताकाआधारमा रहेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा धवलागिरी गाँउपालिका वडा नं १ का अध्यक्ष झक वहादुर छन्त्यालले सामाजिक संघ संस्थाहरुले वितरण गरेका सामाग्रीहरुको प्रयोग र उपयोगिता माजोड दिनुपर्ने वताउनुभएको थियो ।

यसैगरि धवलागिरी गाँउपालिका शिक्षाशाखाका श्रोतव्यक्ति गिरी प्रसाद छन्त्यालले संस्थाले सहयोग गरेको स्पोन्सर बालबालिकाहरुको कम्तिमापनि त्रैमासिक सिकाई उपलव्धीको मापन गर्नुपर्ने, संस्थाले सहयोग गरेका सहकारीहरुको अवस्था चिन्ताजनक रहेकोले सुधारमाजोड दिनुपर्ने साथै किसानहरुले उत्पादन गरेका कृषि उपजहरुलाई संकलन तथा वजारीकरण र लघु उद्योग सञ्चालनमा जोड दिनुपर्ने वताउनुभयो ।

Leave a Reply