पत्रकार धिरन बहादुुर खत्रीलाई ‘मिडिया सोसाइटी अवार्ड–२०८०’द्वारा सम्मानित गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको आइतबार साँझ भएको सातौं वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा नगद नौ हजार ६८९ रुपियाँसहित उहाँलाई सम्मानित गरिएको हो ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारीले बेनी नगरपालिका–४ हरियाली ग्रुपको सभाहलमा आयोजित कार्यत्रममा उक्त अवार्डले सम्मान गर्नुभएको हो । बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुुर खड्का, म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्री र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेललगायतले खत्रीलाई नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

सम्मानित पत्रकार खत्री बेनीबाट प्रकाशन हुने समृद्ध साप्ताहिक, कोरला पोष्ट डटकमका सञ्चालक, म्याग्दी अनलाइन, कारोबार दैनिक, रेडियो नेपाल र एभिन्यूज टेलिभिजनमा म्याग्दीबाट रिपोर्टिङ गर्नुहुन्छ ।

वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरुले थालेको म्याग्दी मिडिया सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको सोसाइटीका सचिव अमित विश्वकर्माले जानकारी दिनुभयो । दुई लाख रुपियाँको अक्षयकोषको ब्याजबाट जिल्लाका एक जना पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा, प्रताप बानियाँ, हरिकृष्ण गौतम, सन्तोष गौतम सम्मानित भइसक्नुभएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारीले गण्डकी प्रदेश सरकारले ल्याएको पत्रकारको स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनका लागि सरकारलाई दबाब दिने बताउनुुभयो । उहाँले स्थानीय पत्रकार र सञ्चार माध्यमको संरक्षणमा नीतिगत व्यवस्था गर्न पहल गर्ने बताउनुुभयो ।

बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुुर खड्का (भगवान)ले स्थानीय स्रोत साधनको पहिचान र त्यसलाई प्रवर्द्धनका लागि सञ्चार माध्यमहरुसँग सहकार्य गर्न तयार रहेको बताउनुुभयो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, संस्थापक अध्यक्ष घनश्याम खड्काले मिडिया उद्योग धरासायी हुुँदै जाँदा पत्रकार पलायन हुुने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुुभयो ।

सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यममार्फत परिचालन, सार्वजनिक सुनुवाइ, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको उपाध्यक्ष हरिकृष्ण गौतमले बताउनुुभयो ।

Leave a Reply