म्याग्दीको धवलागिरी गाउँपालिका-१,गुर्जा सिता भुषाल विकले उपचारको लागि सहयोगको याचना गरेकी छन् । रगतको संक्रमण फैलिएपछि मृगौला, कलेजोमा खराबी तथा जन्डिसबाट पीडित सिता बेनी अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेकी छन् ।

 

श्रीमान ढकबहादुर विक श्रीमती, छोराछोरी छोडेर विगत २ बर्षदेखि सम्पर्कविहिन भएपछि बेनीबजारको एक होटल काम गदैं आएकी सिता अचानक बिरामी भएपछि बेनी अस्पतालमा भर्ना भएकी छन् ।

‘श्रीमानले छोडेर भागे, अहिले छोराछोरीको बिचल्ली भएको छ,थप उपचारका लागि आर्थिक पनि छैन’ सिताले भनिन् । उनले छोराछोरीका लागि पनि बाँच्नुपर्ने भएकाले उपचारमा सहयोगको अपिल समेत गरिन् । श्रीमान बेपत्ता भएपछि छोराछोरीको जन्मदर्ता समेत हुन सकेको छैन ।

बेनी अस्पतालको बेडमा जीवनमरणको अबस्थामा रहेकी सितालाई तत्काल थप उपचारका लागि रिफर गर्नुपर्ने अवस्था रहेको मेडिकल अधिकृत डा.गोविन्द पोख्रेलले बताए ।‘

उहाँको अवस्था जटिल छ, रगतको संक्रमणले भित्र असर गरिसकेको छ,‘आर्थिक अवस्था अत्यन्त नाजुक रहेछ,निशुल्क बाहेक पनि अन्य खर्च जुटाउनुपर्ने अवस्था छ’डा.पोख्रेलले भने ।पीडित सिताको स्वास्थ्य अवस्था सुधार हुन धेरै समय लाग्ने भनेकाले रकम जुटाउनुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकको भनाई छ ।

पीडित सिताकी आफन्त पममायाँ विकले देवरले छोडेर भागेपछि नियमित उपचारमा सहयोग गर्नेहरु समेत नभएको बताईन् ।‘छोरछोरीका लागि पनि उनी बाँच्नुपर्छ, सानो सहयोगले उपचारमा सहयोग पुग्छ’ पममायाँले भनिन् ।

विहान बेलुकी हातमुख जोड्न समेत धौधौ भएकी सिताको उपचारमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले संस्थाका चिकित्सक सल्लाहकार डा. गोविन्द पोख्रेलमार्फत ५ हजार सहयोग गरेको छ भने थप सहयोग अभियानमा समेत सघाउने प्रतिबद्धता जनाएको छ ।

यसअगाडी गतबर्षको चैत्र महिनामा ३४ वर्षीया सिताको नागरिकता, विवाह दर्ता र तीन सन्तानको जन्मदर्ता गर्न गाउँपालिकाको कार्यालयसम्म पुग्न इन्सेकले जिल्ला प्रशासन कार्यालय, म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल तथा धौलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालमार्फत ५ हजार हस्तान्तरण गरेको थियो । ग्स्वडाअध्यक्ष छन्त्यालले बेपत्ता श्रीमानको खोजीकार्य भइरहेको बताए ।

श्रीमान बेपत्ता भएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–१,गुर्जा सिता भुषाल विकले उपचारको लागि सहयोगको याचना गरेकी छन् । सहयोगका लागि ९८६६०३३४०० (पममायाँ विक) लाई सम्पर्क गर्न आग्रह गरिएको छ।

Leave a Reply