तिलु शर्मा पौडेल

कतारका युवा व्यवसायी तथा समाजसेवीद्घय रमेश केसी (तनहुँ) र सन्दीप भट्टराई (उदयपुर) ले मिलेर सञ्चालनमा ल्याउन लागेको “अर्मानि एक्स लन्ज एन्ड बार”को भोली समुद्घाटन गरिने भएको छ । क्लबको समुद्घाटन कार्यक्रम सहित दीपावली सॉझ सागितिक कार्यक्रम पनी गरिने भएको छ । कार्यक्रममा प्रस्तुति दिन भोईस अफ नेपाल सिजन २ बाट चर्चामा आएका भर्षटायल गायक सनिस श्रेष्ठ र पछिल्लो समयका हिट गायिका एन्जिला रेग्मी आउने भएका छन् ।

गायक सनिसका तिमी आउने आशैमा, जान्छौ भने, मस्तै मस्तै, तिमी तिरै, थामी देऊ हात जस्ता गीत चर्चामा छन् भने रेग्मीका काला काला ऑखामा चस्मा लगाउली, कपुरी क, ओइ, लडाई झगडा, मुखियाका छोरी, प्रेमीका, ताला चाबीको जस्ता गीत चर्चित छन् । भोली शुक्रवार सार्वजनिक बिदाको दिन पारेर समुद्घाटन तथा सागितीक कार्यक्रम गर्न लागिएको सञ्चालक केसीले जानकारी दिए । दोहाको मुटुमा साना सिग्नल नजिक रहेको ग्राण्ड रिगल होटेलको मिजानियन फ्लोरमा क्लब रहेको भट्टराईले बताए ।

भोली दिउसो दिउँसो ४ बजे समुद्घाटन भए पश्चात् सुरु हुने सागितिक कार्यक्रममा पुरुषका लागी प्रवेश शुल्क पचास कतारी रियाल कायम गरिएको र महिलाका लागी निःशुल्क प्रवेशको व्यवस्था रहेको कार्यक्रम संयोजक रोशन अर्यालले बताए ।

Leave a Reply