उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार क्षेत्रमा आन्तरिक पर्यटकको ताँती लागेको छ । दशैंतिहारको मौका छोपी अहिलेसम्मकै धेरै आन्तरिक पर्यटक बेसक्याम्प पुगेका छन् ।

दशैंको घटस्थापनादेखि यता म्याग्दीका साथै नेपालका विभिन्न क्षेत्रबाट अन्नपूर्ण बेसक्याम्प जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ । बडादसैँको टीकाको भोलिपल्टदेखि यता समुह बनाएर जानेको संख्या झनै बढेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

उनका अनुसार पदमार्ग सञ्चालनमा आएपछि हालसम्मकै धेरै आन्तरिक पर्यटकहरू नारच्याङ हुदै बेसक्याम्प पुगेको बताए ।‘अहिलेसम्म पर्यटक आफैले सबै ब्यवस्थापन गर्नुपर्ने छ, अब टि–हाउसदेखि अन्य संरचनामा पालिकाले नै पूर्वाधार सहित जनशक्ती खटाउने छ’ प्रमुख प्रशासकीय अधिकृत सुबेदीले भने ।

यसपटक म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँ, चितवन लगायतका क्षेत्रबाट ३ देखि १५ जनासम्मको समुह बेसक्याम्पमा गएका छन् । पर्यटकको चाप बढ्न थालेपनि पर्यटकको विवरण संकलनका साथै पर्यटकलाई खाजा–नास्ता गर्ने टि–हाउसको सुविधान भने छैन् ।

हालसम्म टे«किङ एजेन्सी तथा ब्यक्तिगत गरी ३ सयभन्दा बढी दशै आसपासमा बेसक्याम्पमा पुगेको स्थानीय जनप्रतिनिधिको भनाई छ ।

संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलोपटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार शिविर उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट नियमित पदयात्रामा निस्कनेलाई १ दिनमै पुग्न सकिन्छ भने विस्तारै यात्रा गर्नेलाई डेढ दिनमा बेसक्याम्पस र एकदिन फर्किन लाग्छ ।

कम खर्चिलो र छोटो दुरीको सहज पदयात्रा भएकाले आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ । पदयात्रामा पुगेर फर्किएकी अन्नपूर्ण–६ घारकी सोनिमा बरुवालले पदमार्गमा शौचालय,चिया घर र थप बस्ने संरचनाको आवश्यकता रहेको बताईन् ।

त्यस्तै बेनीबाट साथीहरुसँगै पुगेका बिजय सापकोटाले पर्यटकको भिड लागेपनि सरकारी निकायबाट आवश्यक संरचना बनाउन ढिलाइ भएको बताउँदै चाप बढेको बेलामै पूर्बाधार बनाउन सम्बन्धित निकायलाई अनुरोध गरे । पहिलोपटक बेसक्याम्प पुगेकाले अन्नपूर्ण बेसक्याम्प बारेमा अहिलेसम्मको भ्रम हटेको उनले बताए ।

कास्कीबाट मात्रै अन्नपुर्ण बेसक्याम्प पुग्न सकिन्छ भन्नेहरूलाई आरोहीको आरोहण समेत गर्ने मुख्य बेसक्याम्प म्याग्दीको नारच्याङ क्षेत्र भएको थाहा पाएपछि उत्साहित भएको पर्यटकको भनाई छ ।

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै आधार क्षेत्रसम्म पुगिन्छ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म आइपुगिन्छ। त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ।

पदमार्ग निर्माणका लागि नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले दुई करोड ८० लाख बजेटसहित गाउँपालिकाले समेत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशाला गरी ६ वटा खोलामा झोलुंगे पुल निर्माणका साथै ६ स्थानमा आश्रयस्थल निर्माण गरेसँगै आधार क्षेत्रसम्म जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले बताए ।

आन्तरिक पर्यटकका लागि छोटो दुरीको प्याकेजमा १ दिने, ३ दिने र लामो दुरीका लागि ७ दिन तय गर्दा सहज हुने बताए।आधार शिविरसम्म पुग्ने ठाउँ ठाउँमा निर्मित आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायत पूर्वाधारले यात्रा सहज भएको बताए।

पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी ६ वटा खोलामा झोलुंगे पुल समेत छ आधार क्षेत्रमा हेलिकोप्टरबाट धेरै पर्यटक आवतजावत गर्ने गरेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाउन पदमार्गमा खानेपानीको सुविधासहितका खाना पकाउन मिल्ने विभिन्न आश्रयस्थलको व्यवस्था गर्ने योजनासहित गाँउपालिकाले प्रदेश र संघीय सरकारसमक्ष बजेट माग गरिएको छ ।

पदमार्ग अन्तर्गत भीमकाय चट्टानको बीचबाट प्वाल पारेर बग्ने हरियो, निलो रङको फुतफुते झरना, लस्करे रहेको पञ्च झरना, पहाडमा मानवनिर्मित जस्तै देखिने गुफा र आधार क्षेत्रमा पुगेपछि अन्नपूर्णको फेदमा निलो पञ्च ताल आर्कषक रहेको छ । विश्वमा नेपाललाई चिनाउने फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको सम्झनामा अवका दिनका कार्यक्रमहरु समेत गरिने छ ।

सात दशकअघि सन् १९५० को जुनमा अन्नपूर्ण हिमाल आरोहण गरी पर्वतारोहणको सुनौलो इतिहास रच्ने मौरिस हर्जोग र उनको टोलीले हिँडेको पुरानो मार्ग पछ्याउँदै फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको आधार क्षेत्रमा सालिकसमेत बनाइने छ। मौरिसले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो।

मौरिस नेपाललाई हिमाल आरोहणबाट विश्वमा चिनाउने पहिलो विदेशी आरोही हुन्। उनको सम्झनामा नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा पहिचान भएको मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि यसअघि २०७६ सालमा प्रथम अन्नपूर्ण महोत्सवको आयोजना गरिएको थियो। मानव बस्तीदेखि टाढा रहेको आधार शिविर आसपासका क्षेत्रमा अझै पनि मौरिसका बारेमा ढुंगामा लेखिएका अभिलेख पाइन्छन्।

Leave a Reply