सिपमूलक व्यवसाय सञ्चालन गर्ने जनशक्ती उत्पादन गर्न म्याग्दीको सदरमुकाम बेनीको न्युरोडमा रहेको पिस साइन व्युटी होम एण्ड ट्रेनिङ सेन्टरले अस्पताल चोकमा शाखा विस्तार गरेको छ । कम लगानी, व्यवसायप्रतिको बढ्दो आकर्षण र बैदेशिक रोजगारीमा जाने यूवतीहरूलाई तालिमका लागि करिब २५ लाखको लागतमा अस्पताल चोकमा शाखा थपेको हो ।

पछिल्लो समय आर्थिक अवस्था कमजोर भएका, रोजगारीको खोजीमा रहेका र ब्यवसाय नै सञ्चालन गर्ने चाहने किशोरीको लागि व्युटीपार्लर आर्कषणका केन्द्र बनेपछि शाखा थपेर तालिम सहितको सेवा दिन सहज भएको प्रोप्राइटर प्रमिला जोशी श्रेष्ठले बताउनुभयो ।

‘राम्रो आम्दानी हुन थालेपछि छोटो समयमै जिल्लामा यो व्यवसाय गर्ने महिलाहरुको संख्या वढेको छ,‘बिपन्न किशोरीलाई आम्दानीका साथै आत्मनिर्भर हुने तालिममा प्रोत्साहन गछौं’ श्रेष्ठले भन्नुभयो । विगत १६ बर्षदेखि बेनीमा सञ्चालित ट्रेनिङ सेन्टरले बार्षिक करिब सयभन्दा बढीलाई तालिम दिने गरेको छ ।

तालिममा सहभागीले व्यवसाय गर्न चाहनेहरुले प्रक्रियागत रुपमा व्यवसाय दर्ता गर्न तथा सामग्री खरिदका लागि समेत सघाउने गरेको प्रशिक्षक श्रेष्ठको भनाई छ । ब्यूटिपालरमा तालिम सिक्न आउने अधिकांस किशोरी हुन्छन् । पिस साइनले ६ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

थे्रेडिङ, कटिङ, फेसियलका साथै विभिन्न डिजाइनका श्रृङगारको प्रशिक्षण पछि सेन्टरले प्रमाणपत्र उपलब्ध गराउने गरेको छ। तालिममार्फत जिल्लाभित्रै ब्यवसाय सञ्चालन तथा बैदेशिक रोजगारीमा गएर समेत आर्कषक कमाइ गर्ने गरेको प्रशिक्षक समेत श्रेष्ठको भनाई छ ।

सौन्दर्यको पक्ष पनि मानिसको एक गहना भएकाले बेरोजगार महिला तथा किशोरीहरुलाई सिप सिकाएर रोजगारको सिर्जना गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित व्युटीपार्लर तालिम सेन्टर सहयोगी बनेको छ । म्याग्दीमा स्थानीय तहले समेत ब्यूटिपालर तालिम दिन थालेपछि आर्कषण बढेको छ ।

Leave a Reply