म्याग्दी प्रवासी नेपाली संघ मोना यूएईले हरितालिका तीज विशेष कार्यक्रम मनाएको छ। हिन्दु महिलाहरुको महान पर्व तीजको अवसरमायूएईमा रहेका नेपाली महिला दिदीबहिनीलाई लक्षित गरी आयोजित कार्यक्रममा मोना आईईसी उपाध्यक्ष तथा मोना युएईका संरक्षक ई नन्द गर्वुजाले विदेशमा नेपाली धर्म संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले तीज विशेष कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा नेपाल वायु सेवा निगमका अस्मिता सुवेदी,पर्वत सेवा समाजका अध्यक्ष तिलक सापकोटा,तनहुँ सेवा समाजका महासचिव सुरिन भुजेल,नेपाली सोसियल एण्ड स्पोर्ट्स रासलखेमाका अध्यक्ष भरत गौतम र निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार जीवन सिग्देल,लमजुङ सेवा समाजका सल्लाहकार तथा क्षेत्रीय तामाङ समाज रास अल खेमाका उपाध्यक्ष विकास थिङ लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा सहभागी बक्ताले पर्वलाई देखासिकी र भड्किलो नभइ सरल तथा सहज तरिकाले मनाउने बताए ।

मोना यूएईका अध्यक्ष सुवास राम्जालीले नाचौला,गाउँला,रमाउँला,सबैजना मिलेर तिज मनाउँला’ भन्ने उद्देश्यले परापूर्वकालदेखि चल्दै आएकाले यूएईमा रहेका म्याग्देली सहित नेपालीलाई तिज पर्वका अवसरमा कार्यक्रम आयोजना गरिएको बताए । उनले मोनामार्फत पीडित श्रमिकलाई खाद्यान्न सहयोग, हवाई टिकट, उपलब्ध गराएको र विभिन्न सामाजिक संघसंस्था तथा नेपाली दूतावाससँग सहकार्य गर्दै आएको जानकारी दिए । कार्यक्रममा म्याग्दीको लोपउन्मुख थाली नाच मायाँ पुन, सोनु पुनले नृत्य प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रममा युएईमा सफल व्यावसायिक तथा मोना युएईका संरक्षक प्रकाश कार्कीले ब्यक्तिगत तर्फबाट सम्पुर्ण उपस्थित दिदीबहिनी हरुलाई आफ्नो तर्फ देखि उपहार स्वरुप सबैलाई कस्मेटिक गिफ्त बितरण गरेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष यामकुमारी रोका, संचालन महासचिव काजीमान बुढाथोकी मगर र अध्यक्षता सुवास राम्जालीले गरेका थिए ।

Leave a Reply