नेपाल निवृत्त शिक्षक समाज म्याग्दीको प्रथम जिल्लास्तरीय भेलाबाट अध्यक्षमा हरिकृष्ण सुवेदी चयन हुनुभएको छ । ‘सम्पूर्ण निवृत्त शिक्षक एक हौं’ भन्ने नारासहित शनिवार बेनीमा सम्पन्न भेलाले सुवेदीको अध्यक्षतामा सर्वसम्मत रुपमा नेपाल निवृत्त शिक्षक समाजको कार्यसमिति चयन गरेको हो ।

उक्त भेलाबाट शिक्षक समाजको जिल्ला उपाध्यक्षमा ध्रुवलाल शर्मा, महिला उपाध्यक्षमा जयन्ती रेग्मी सुवेदी, सचिवमा कोमलप्रसाद उपाध्याय र कोषाध्यक्षमा नारायणबहादुर कार्की चयन हुनुभएको छ । यसैगरी समाजको कार्यसमिति सदस्यहरुमा चन्द्रबहादुर घिमिरे, डम्बरबहादुर बानियाँ, हरिकृष्ण पौडेल, हरिप्रसाद सुवेदी, मनबहादुर खड्का, यामबहादुर खत्री र मोहन बानियाँ रहनुभएको छ ।

त्यस्तै सल्लाहकारमा माधवप्रसाद रेग्मी, शिवप्रसाद केसी र रामबहादुर बिसी रहेको नवनिर्वाचित अध्यक्ष हरिकृष्ण सुवेदीले जानकारी दिनुभयो । भेलाको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो ।

Leave a Reply