आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी म्याग्दी प्रहरीले समुदायस्तरमै पुगेर सचेतना कार्यक्रम गरेको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा साताब्यापी कार्यक्रम अन्तरगत प्रहरीले म्याग्दीका विभिन्न बस्ती तथा समुदाय र घरदैलोमा पुगेर आत्महत्या रोकथाम तथा नियन्त्रणको लागि सचेतना कार्यक्रम गरेको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजना, स्थानीय तहका जनप्रतिनिधि, आमा समुह, यूवा क्लव तथा विभिन्न संघसंस्थाको साझेदारीमा यसपटक समुदायमा प्रभावकारी कार्यक्रममार्फत आत्महत्या न्यूनिकरणको अभियान सञ्चालन गरिएको छ ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक कुँवरले आत्महत्या रोक्नथाम सम्बन्धी विशेष सचेतना कार्यक्रम प्रभावकारी भएको बताए।‘विद्यार्थीदेखि पाका उमेरकासम्म पुगेर सचेतनामुलका कार्यक्रम गरिएको छ,‘समुदायमा आत्महत्यालाई न्यूनिकरणका लागि निरन्तर कार्यक्रम आवश्यक छ’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय बेनीबाट खटिएको टोलीले विद्यालय, आमा समुह तथा संघसंस्था र इलाका प्रहरी कार्यालय, प्रहरी चौकीमार्फत समुदायस्तरमा कार्यक्रम गरिएको छ । आइतबार म्याग्दी बहुमुखी क्याम्पसमा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा आत्महत्या रोकथाम र नियन्त्रणको लागि विद्यार्थीको समेत साथ आवश्यक रहेको बताइएको थियो । सबैको साथ सहयोग र सचेतनाको माध्यमबाट आत्महत्या न्युनिकरण गरिनुपर्नेमा जोड दिइएको छ ।

म्याग्दीमा बर्षेनी आत्महत्या गर्नेको संंख्या बढ्न थालेपछि प्रहरीले सामुदायमा गएर परामर्शसहितको जनचेतनामूलक कार्यक्रम संञ्चालनलाई प्राथमिकता दिएको छ । जिल्लाका सबै पालिकाको समन्वयमा समुदायमा पुगेर सचेतना कक्षा संञ्चालन गरिने प्रहरीले जनाएको छ । म्याग्दीमा गएको ५ बर्षमा १ सय १६ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ ।

कलिला बालबालिकादेखि ७०–८० बर्षका बृद्धबृद्धाले आफैले जानी–जानी गरिने आफ्नै हत्याले गर्नुको कारण खोतल्न चुनौती खडा भएपनि अशिक्षा, अनिच्छित गर्भधारण, मानसीक रोगीलाई उपचारको अभाव, गरिवी, घरायसी कलह, युवापुस्ताका मासिनसमा उच्च महत्वकांक्षा पुरा गर्न नसकेको, प्रेममा असफल, बैदेशिक रोजगारमा गएको बेला श्रीमतिले परपुरुषसँग गर्ने अनैतिक सम्बन्ध, सम्पत्तीको अपचलन, पारिवारिक सम्बन्धमा आएको तिक्तता जस्ता कारणहरू रहेको बताइन्छ ।

Leave a Reply