निर्माणधिन अवस्थामा रहेको भवनभित्र हरियो झार पलाएको छ। वरपरको निर्माण साम्रागी छताछुल्ल पोखिएको छ। भवन बनाउन आएका मजदुरले खाना पकाउँदै गरेको भान्सा, सुत्न प्रयोग गरेको लत्ताकपडा छरपस्ट छ । भवनको कोठामा पानीको पोखरी छ । भवनको सटिङ गर्न प्रयोग गरिएका फलाम ठड्याएर छाडिएको छ ।

अलपत्र अवस्थामा भेटिएका ४ जना मजदुर भोकभोकै छन् । यो हो बेनी अस्पतालको निर्माणधिन अवस्थामा रहेको ५० शैयाको भबन भित्रको दृश्य । झट्ट प्रवेश गर्दा अस्पतालको निर्माणधिन भवन भूत बंगला जस्तै देखिन्छ । शक्तीशाली ठेकेदारले अटेर गर्दाे भवनको निर्माणकार्य पटकपटक अलपत्र परेको छ ।

चौतर्फी दवावपछि केही कामदार लिएर फर्किएका निर्माण व्यवसायी अहिले सम्पर्कविहीन भएपछि भवन अनिश्चित बनेको छ । भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने मिति गुज्रिएपनि शक्तिशाली मानिएका नेपाल निर्माण ब्यवसायी महासंका अध्यक्ष एवम् ठेकेदार रवीसिंहल श्रेष्ठ र उनका पार्टनर रबिन जोशीले अलपत्र भवनलाई पूर्णता दिन अटेर र विभिन्न बाहनाका कारण भवनको निर्माणकार्यले गति लिएको छैन ।

जिल्लाका निर्वाचित प्रतिनिधि तथा प्रदेश सांसद,जिल्ला समन्वय समिति,बेनी नगरपालिका,बेनी अस्पतालले गण्डकी प्रदेश, संघीय मन्त्रालयमा समेत चरम दवाव दिदाँ समेत संघीय मन्त्रालयमा पकट भएकै कारण ठेकेदारले ढिलासुस्ती गरेका छन् ।

अलपत्र अस्पतालको निर्माणकार्यलाई गति नदिए ठेक्का तोडेर कालोसूचीमा राख्ने समेत सरकारी निकायले बेवास्ता गरेपछि महादेव खिम्ती, गल्वा रफिना जेभीले मनपरी गरेको छ । दैनिक करिब १ सयभन्दा बढी जनशक्ती ल्याउने प्रतिबद्धता जनाएका ठेकेदारले अहिले १० जना मजदुरले काम गरेकोमा अहिले जम्मा ४ जना तलब सुविधाको खोजीमा अस्पतालभित्र देखिन्छन् ।

भवन समयमै नसकिदाँ अस्थायी संरचनाबाट स्वास्थ्योपचार सेवा दिँदै आएकोमा निकै समस्या भएको बेनी अस्पतालकी मेडिकल सुपरिटेन्डन डा. अञ्जु थापाको भनाई छ । ’भवन सम्पन्न नहुदाँ सेवाप्रवाहमा असर गरेको छ,‘ठेकेदार नै सम्पर्कमा छैनन्, बिरामीलाई भुईमा राखेर समेत उपचार गर्नुपर्ने बाध्यता छ’ डा. थापाले भन्नुभयो ।

भवन अलपत्र हुदाँ गण्डकी प्रदेशबाट प्राप्त हुने ठूला उपकरण समेत अन्यत्र जिल्लामा जाने गरेको छ । निर्माणधिन भवन उच्च पदस्थ अधिकारीको अनुगमनस्थल मात्रै बनेको छ । ठेकेदारको राजनीतिक दल र सरकारी संयन्त्रका बलियो पहुँचका कारण जिल्लाका जनप्रतिनिधिहरुको प्रयास हालसम्म असफल जस्तै भएको छ ।

अलपत्र भवनलाई समयमै सम्पन्न गर्न दवावका अनेक उपायले समेत ठेकेदारलाई छुन सकेको छैन । वि.सं २०७३ मंसिर २१ गते महादेव खिम्ती–गल्वा–रफिना जेभीले सो भवन बनाउन १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँ मा ठेक्का सम्झौता गरेको थियो। चार हजार ९६३ वर्गमिटर जमिनमा बनाउन लागिएको चार तले तीन वटा भवन विसं २०७६ मंसिर २० गते निर्माण सक्ने लक्ष्य थियो।

भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्रीसमेत हुनेछ। भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा इमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेसन थियटर, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन राखिने छ।

५० सैयाको भवन अलपत्र परेपछि अहिले अस्थायी संरचना बनाएर अस्पतालले बिरामीको सेवा दिइरहेको छ। बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्र लगायत गरी बार्षिक ६० हजारभन्दा बढीले सेवा लिन्छन्। शक्तीशाली ठेकेदारहरूले तत्कालै काममा फर्किएर भवन सम्पन्न गर्ने एकादेशको कथा जस्तै छ ।

Leave a Reply