हवाई क्षेत्रलाई सुरक्षित बनाउन पोखरा जोमसोमको बीचमा मौसमको जानकारी दिने क्यामारा राखिन भएको छ । नेपालको भौगोलिक जटिलता एवं मौसमी विविधतालाई मध्यनजर गर्दै हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो एवं विश्वसनिय बनाउनका लागि क्यामेरा राख्न लागिएको हो ।

पोखरा जोमसोमबीच भागमा पर्ने हवाई रुटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा राख्न राष्ट्रिय आविष्कार केन्द्र र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रले पोखरा जोमसोम रुटमा पर्ने माहुरेडाँडा, कुटुका र लेतेमा मौसमी जानकारी दिने क्यामेरा जडान गर्ने सम्झौता भएको छ । प्राधिकरण र राष्ट्रिय आविष्कार केन्द्रबीच क्यामेरा राख्न ११ बुँदे सम्झौता भएको हो ।

क्यामेरा जडानमा लाग्ने खर्च प्रधिकरणले गर्नेछ । मौसमी क्यामेराहरु जडान गर्दा सीम कार्ड प्रयोग गरेर पठाउने डाटालाई आवश्यक पर्ने डाटा प्याकेज नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउनेछ ।

पोखरा जोमसोम हवाई रुटका विभिन्न स्थानमा जडान गरिएका मौसमी क्यामेराहरु विहान सूर्योदयदेखि बेलुकी सूर्यास्तसम्म संचालन हुने छ ।

Leave a Reply