म्याग्दीको सदरमुकाम बेनीमा दिवंगत आत्माको शान्ति कामनाका लागि सपारु (तयामचा) नागनागिनी नाच देखाइएको छ । नेपाल भाषा मंका खलको आयोजनामा जनैपूर्णिमादेखि दुईदिनसम्म बेनीबजारमा बर्षभरी दिवंगत भएका ब्यक्तिहरूको सम्झनामा बेनीबजार परिक्रममा गरिएको छ ।

 

एकमहिने बर्खेनाच अन्तरगत महत्वपूर्ण मानिएको गाईजात्रा अन्तरगत बेनीबजारमा रहेका नेवार समुदायका अगुवाहरूको उपस्थितीमा जनैपूर्णिमा तथा क्वाटी पुन्हीको दिन तयामचा(सापरु) र भोलिपल्टसम्म नागानागीनी नाच देखाउने चलन रहेको छ ।

बेनीबजारमा नेपालका विभिन्न जिल्लाबाट बसाईसराई गरेर आएका नेवार समुदायले आफ्नो सांस्कृतिक महत्वलाई समेत संगै ल्याएर आएको अवस्थामा नागानागिनी नाचको इतिहास करिव ३ सय बर्ष भन्दा पुरानो रहेको पाइन्छ । हारमोनियम, ¥याली, मृदड लगायतका पुराना बाजाहरूको प्रयोगसँगै राजमति गित समेत प्रस्तुत गरिएको थियो ।

‘बर्खेनाचको सबैभन्दा महत्वपूर्ण दिन हो,‘भोली दिवंगत हुनुभएकाको घरघरमा तयामचा पुर्याएर सम्पन्न हुन्छ’ नेपाल भाषा मंका खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले भने ।

हिन्दुधर्मलम्बीले गरुड पुराणमा उल्लेख गरे अनुरुप एक वर्ष सम्म बन्द गरेर राख्ने यमलोकको ढोका सोहीदिन मात्र खोल्ने भएकोले त्यस दिनमृतकका परिवारले मृतकको नाममा विधि पूर्वकपूजा गरेर मठ मन्दिर,चैत्य, गुम्बा घुम्यो भने शिवालोक प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास समेत रहेको छ ।

नेवार समुदायले सापरू तथा गाईजात्रालाई एउटा महत्वपूर्ण दिनको रुपमा समेत लिने गर्दछन् । बर्खेनाचका अन्य गतिविधिमा सहभागी नहुने बजारमा बुढापाका समेत नागनागिनी नाचमा उपस्थित हुने गरेका छन् । यसबर्ष कलिला बालबालिकासँगै तीन जोडीलाई प्रस्तुत गरी नयाँ पुस्तालाई समेत सीप हस्तान्तरणमा जोड दिइएको नेवार समुदायका अगुवाहरुको भनाई छ ।

सदरमुकाम बेनीमा नेवार समुदायले नागनागिनी नाच प्रस्तुत गरेपनि गैरनेवार समुदायमा एकबर्ष भित्र मृत्यु भएकाहरूको घर अगाडी समेत सम्झना गरिन्छ । सपारु (तयामचा) नागनागिनीले बेनीबजारबासी बिचको एकता र सहकार्यलाई झल्काउने गरेको छ ।

गाईजात्राको मुख्य अभिप्राय यमलोकमा रहेका बैतर्नी खोला पार गर्ने भएको नेवार समुदायका अगुवाहमा प्रत्यक मृतकका घरबाट एक जोडी पुरुष मध्ये एक जना पुरुष र अर्को महिला बनाएर पठाइने चलन छ । मुकुण्डो लगाएको नागा र महिलाको भेषमा नागिनीको नाच निकै आर्कषक मानिन्छ ।

नागाको र महिलाको भेषमा प्रर्दशन गरिन्छ । महिला हुनेलाई बिशेष श्रृंगार गरिन्छ । मृतकका आफन्तले आफ्नो अगाडी सापारू आउनेलाई बिशेष रुपले स्वागत समेत गर्ने गर्दछन् । सापारू र गाईजात्रालाई सामुहिक पृत्रिलाई सम्झने दिनको रुपमा समेत लिने गरिएको छ । नेवारी भाषामा यो पर्वलाई ’सापारू’ भनिन्छ। ’सा’ को अर्थ गाई र ’पारू’ को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ।

Leave a Reply