जया लक्ष्मी छन्त्याल र नविन रानाको गीत छ ’प्रदेशीलाई भुल्दा हुन गाम्ले त तर गाम्लाई भुल्दैनम् हाम्ले त’ यो गीतको लय भाव मिठासपन गजबको छ । बर्मा गए कर्म सगैँ घरमा गए कपाल सँगै ! यस्तै हुने जहाँ गए पनि आफ्नो देश भु–वनोट माटोको माया हुने । गीतमा भनेझै अहँ भुल्दैनन् प्रदेशीले देशलाई र गामलाई ।
रवि दाई दर्शन नमस्कार ! हजुरलाई सम्झनु पर्ने खास कारण त छैन् र पनि घरवेसी, प्रदेशी फेरि घरबेसी हुँदै देश बनाउने अभियानमा लागेकोले सम्झेको मात्र हो। हजुरलाई अलिबढी माटो आटो र जाटोको साईनो सँग अलि बढी परिचित हुनुहुन्छ। त्यसैले सम्झेको मात्र छु, तपाईंकै पुरानो प्रदेशी शहरको आखी झ्याहरुबाट।
हामी जस्तो भुईमान्छेले सम्झनुको के अर्थ रहला र ? र पनि एउटा आशातीत ब्यक्तिलाई अपरिचित ब्यक्तिले सम्झनु हाम्रो लागि सुखद् कुरा नै हो। हजुरले चलाउनु भएको ’सिधा कुरा जनता सगँ’ कार्यक्रमको म पनि फ्यान नै थिए झनै तपाईंको कार्यक्रमको सुरुवाटी वाक्यहरु खुब चाखले सुन्ने गर्थे। नेपालमा हुँदा मैले राजधानीमा हजुरलाई भेट्न म कैयौँ पटक सिधाकुराको दैलोसम्म पुगेको छु। तर अबसोच भेट हुन् सकेन् ।
छाडिदेउ यी सब कुरा आउनुस् दाई यतै तपाई बसेको ’बाल्टिमोर’ र अमेरिकाको आसपासमा रहेर कुरा गरौ।
’बाल्टिमोर अमेरिकाको ५१ वटा राज्य मध्यको एक नेपाली कलाकार र सेलिव्रेटीहरुको आश्रय स्थलको गजबको थलो हो । अमेरिकामा आफ्नै क्थकतझ र परिधिमा चलिरहेको छ तपाई करिव १ दशक बढी अमेरिका गजबले बस्नु भयो । जम्नु भयो। अमेरिका बसाईका सफलता र असफलताका पाताहरु आफ्ना ठाममा होलान् । तर हजुरले गर्नु भएको नेपाली समाज सेवा र सहयोगको लागि नमन छ ।
अझ विर्सनै नहुने कुरा के छ भने हजुरहरुको पहलमा बाल्टिमोर राज्यले नेपाली समुदायको सम्मानको लागि ’दशै’ मा सार्वजनिक विदा दिने निर्णय ग¥यो यो कदमका लागि तपाईहरु लगाएका टिमलाई धन्यवाद भन्नै पर्छ । अमेरिका साच्चिकै बहुभाषी, बहुधार्मिक, बहुसास्कृतिक, बहुजातीय, एवं बहुराष्ट्रियता भएको राज्य हो ।
यो कुरा म भन्दा धेरै अनुभवि र पल्टने दाईलाई स्वभाविक नै थाहा छ ।
जहाँ थोरै समुदाय रहेको नेपालीलाई समेट राज्यले दशैमा विदा दिने गर्दछ। के नेपालमा चेपाङ्गको चाडमा राज्यले सार्वजनिक विदा दिन्छ होला त रवि दाई ? अहँ रवि दाई तपाईंले के सोच्नु हुन्छ । म कल्पना पनि गर्न सकिदैन्। त्यसो गरिए जातीय सदभाव खलबलिन्छ। राष्ट्रिय एकतामा आँच आउछ ।
मिलेर बसेका नेपालीमा भाजो हाल्ने काम मात्र हुन्छ । अनेकतामा एकता हुदैन भन्ने मानसिकताले ग्रसितहरुको बोलवाल छ। त्यसैले रवि दाई अमेरिकामा तपाईंले जे जे गरे पनि नेपालमा भने उभैली, माघे सक्रान्ती र बौद्ध जयन्तिमा सार्वजनिक बिदा देउ भन्नु हुन्न, भन्यो भने या तपाईंको राजनीति गायब हुन सक्छ, या तपाईंलाई देशद्रोही नै करार गरिन सक्छन् । त्यसैले यहि कुरामा सजकमा भएरै तपाई यो बिषय उठान गर्नु हुन्न मलाई थाहा छ।
त्यसैले त हजुरले स्वतन्त्रताको नारा ल्याउनु भयो ? के हो स्वतन्त्रता भनेको ? भाषिक सास्कृतिक अधिकार माथि चापी लगाएर स्वतन्त्रता नारा कहिलेसम्म तिक्ला रवि दाई ? तपाई समाजसास्त्र, पत्रकारिता र अमेरिकाका तमाव विषय समेत अध्ययन गरेको मान्छे हो । ए साच्ची रवि दाई तपाई न्युर्योर्क टुईन टावरमा उभिर उपर साईड हेर्नु भएकै छ त्यहाँ एउटा एभ्युन्यु छ ’एमसरडम’ एभुन्यु छ । ’एम्सरडम ’नेडरल्यान्डको राजधानी हो ।
अमेरिकामा किन एमसरडम एभ्युनिउ नै राख्नु प¥यो होला यो नेडर्ल्यान्डको राजधानी र पहिचान हो ।अझै माथि पुग्नु भयो भने टिव्वत एभिन्यु पनि छ जस्ले छिमेकी चिनको पहिचानका जनाउछ । र प्यारलल्लि वोक्लिन तर्फ हेर्नु भयो भने ईन्डिया स्टिट समेट छ । र अहिले मात्र न्युयोर्क स्थित ज्याक्सन हाईतमा ’पासाङ् ल्यामु मार्ग ’नामाङ्कन गरिएको छ अब भनौ के पासाङ् ल्यामु सँग अमेरिकाको के साईनो होला ? यो त सब नेपालीहरुको पहिचान हो ।यी भए स्तित र एभुनियुका कुराहरु।
राज्यकै गरौ न अमेरिकाले मेक्सिकोको एउटा भुभाग अमेरिकाले गाभेर ’न्युमेक्सिको राज्य’ बनाएका छ । र भारतीयले परापुर्वकालमा अमेरिका आएर बसेकै आधारमा उहाँहरु र भारतीयहरुको पहिचान र आत्म सम्मानमा ’ईन्डियाना राज्य’ नै बनाईएको छ । के ईन्डियाना राज्य बनाएर अमेरिका टुक्रियो ? या यी भुभागमा भारतीय बाहेक अरु बस्दैनन् ? सबै मिलेर बसेका छन् सबैमा स्वतन्त्रता छ ।
त्यसैले कुनै समुदायलाई अधिकार दिने कुराले देश बिशाल बन्दो रहेछ भन्ने कुरा अमेरिकाको राज्य पुनर्सरचनाका अभ्यासले देखाउछ ।अब भनौ दाई नेपाल निर्माणमा पूर्वमा चलिरहेका राज्य पुनर्सचनाको बहसमा किरात प्रदेश बनाउँदैमा के फरक पर्ला रवि दाई ? तपाईंले भन्नु होला छन्त्याल भाई फरक पर्छ “त्यो अमेरिका हो यो नेपाल“ हो हास्ने मान्छे गललल् हास्लान् । म नाजवाफ बनुला ।
रवि दाई एकजना बिद्वानले भनेको सुनेको थिए । कसैलाई घाईटे बनाउनु छ भने उस्को भाषा र सस्कृति माथि दमन गर्नु पर्छ । साच्चि हो रै भाषिक दमनकै कारण नेपाली भाषी भुटनिजहरु दमनमा परेर देशै छाड्नु परेको थियो । नेपालमा पनि गोर्खा भाषा विस्तारै राष्ट्रिय भाषा बने पछि भाषाको मुल श्रोत नै सस्कृत भएपछि खस भाषा र डोटेली भाषा नै करिव करिव विलय भएर जाँदै छ।
अरु जनजातिले बोल्ने भाषाको कुरै नगरौ भाषाकै कारण नेपाली मात्रिभाषीहरु पनि देशै छाडेर अन्य देश जान नपरोस भन्नेमा अहिलै नेपाल सरकार र सम्वन्धित निकाय सजक हुन जरुरी छ । रवि दाई, हजुरलाई राम्रो सगँ थाहा छ अमेरिकामा स्पेनिस भाषा र अंग्रेजी भाषालाई राष्ट्रिय भाषा बनाईएको छ अग्रेजी नजान्ने तर स्पेनिज जान्नेहरु सहजै जीवन यापन गर्न सक्छन् । भाषा त एउटा सञ्चारको माध्यम न हो।
मुल त मान्छेको ज्ञान र सिपले जीवन यापनमा सहज बनाउने हो । अमेरिकामा स्पेनिस जान्नेले सहजै जागिर पाउने गर्दछन्। साथै अन्य देशका सहायक भाषालाई पनि कामकाजको भाषाको रुपमा लिईने गरिन्छ । हामी नेपालीले अग्रेजी नजाने पनि तत्कालै नेपाली भाषाको अनुवादक पाउछौ । न्युयोर्क सहरमा उभर या ट्याक्सी चलाउन ’टि एल सि ’लाईसेन्स अनिवार्य चाहिन्छ तर सबै नेपालीले अग्रेजी जानेका हुँदैनन्।
त्यसैले कैयौँ नेपालीले नेपाली भाषामा परिक्षा उत्रिर्ण गरेका उदाहरणहरु प्रशस्त छ । कतिपय जस्तो नेपाली समुदाय बाहुल्य भएको ठाउँमा विशेषगरि ट्रेन स्टेशन्, अस्पतालहरुमा ’स्वागत’ छ ‘नमस्कार” जस्ता नेपाली भाषामा समेट लेखिएको पक्कै पनि हजुरले देख्नु भएकै छ । यी त भाषिक अग्राधिकारका सवाल भए कतिपय काला जातिको आन्दोलनमा गोरा जातिहरुले समेत एक्यबद्धता जनाउँदै सडक आन्दोलनमा आईरहेका देख्न पाँउछौ ।
के रवि दाई नेपालमा मधेसी मुलका दाजुभाईका आन्दोलनमा पहाडियाहरुले समर्थन जनाउलान् ? अह् प्राय असम्भब छ । बरु २० बर्ष देखि कीर्तिपुरमा फोनोटिक्स र फोनोलोजी पढाउने प्राध्यापकले नै भाषिक सवाल उठाउँदा यो जातीय सद्भाव विगर्ने कुरा नगर्नुस भनेर भनेको टियु गराउन्ड मै मैले सुनेको छु । अब भन्नुस् रवि दाई नेपालमा मगर भाषामा लोकसेवा परिक्षा दिने दिन कहिले आउला ? जो तामाङ् दाजुभाईहरु अहिले पनि कतिपय नेपाली बुझ्दैनन् ।
उनीहरु भाषाकै कारण अहिले जेलका सिडिहरुमा सत्नु परेको छ ।
उनीहरुको सहजिकरणको लागि भाषिक अनुबादकहरु कहिले उत्पादन होलान् ? हजुरसँग धेरै अपोक्षा छ । भाषिक अधिकारले देश दुब्ने हैन रहेछ । झनै मजवुद हुँदो रहेछ । गुडलक रवि दाई तपाईंकै पालामा यी जायज मागहरुले पूर्णता पाएर नेपाली भाषिहरुले अनुभुति हुनेगरि कार्यन्वयनमा आएको देख्न पाउने छु भन्ने विषयमा आशाबादी छौ ।
यति मात्र नभए हजुरकै पालामा हाम्रो देशमा धारोको पानी छोएकै आधारमा अछुट् बन्ने समाजिक कु–संस्कारको पूर्ण ब्यबहारगत रुपमा निर्मुल हुनेमा आशाबादी छौ । यी भए सामाजिक सास्कृत, भाषिक अमेरिका र नेपालीमा रहेका समानता भिन्नता र अवलम्बन गर्नु पर्ने सवालहरु । आउनुस् रवि दाई, तपाईं नेपाल फर्किए पछि हजुरले गर्नु भएका पत्रकारिता र राजनीतिक सवालमा छलफल गरौ।
1. रवि दाई हजुर नेपाल फर्के पछि नेपाली पत्रकारिता क्षेत्रमा रहेको दलिय सिन्डिकेट टोड्दै निस्पक्ष दङ्गले जनताको आवाज र भुई मान्छेका सवाललाई दरिलो दङ्गबाट उठाएकै हो । सलाम, रवि दाई हजुरको यो शाहसले दलाल भ्रष्टहरुको मुटु हानेकै हो। हजुरले पत्रकारिताकै माध्यमबाट भनिदिनु पर्थ्यो को को दलाल र भ्रष्टहरु देशमा छन् ।
दलाल पुजिबाद र एकात्मवादीहरुले देशलाई कसरी खोक्रो पारेका थिए । अलि हतार हतार राजनीतिमा आउनु भयो । जुन हजुरको ब्यक्तिगत सवाल र बैयक्तिक स्वतन्त्रता थियो । दलहरुमा वितृष्णा भएका समयमा आशातीत बनेर उदाएका शक्ति हो हजुरले नेत्तृत्व गरेको दल । यो दलको उदयमा मुलत बैदेशिक राष्ट्रहरुमा रहेका युवा शक्तिहरुको ठूलो समर्थन छ।
तर हजुरले हरेक मानिस स्वतन्त्र बन्न पाउने नैसर्गिक अधिकार हनन् गर्दै स्वतन्त्र पार्टी स्थापित गरी नाम राखिदिनु भयो राष्ट्रिय स्वतन्त्र पार्टी। अमेरिकामा पनि छ । जस्को चुनाव चिन्ह घन्टी नै हो । नाम पनि एउटै, चुनाब चिन्ह पनि एउटै राखेर स्थापित गरेको हजुरको पार्टी हामीले अमेरिकन स्वतन्त्र पार्टी कि नेपाली स्वतन्त्र पार्टी कुन हो भनेर बुझ्ने ? यो नाम र चुनाब चिन्ह मिल्नु सम्योग थियो या योजनाबद्ध रुपमा गठन भएको थियो ?
2. छोटो समयमा सत्ता, सगठन, कार्यकर्ता बिनै रवि दाईले प्राप्त गर्नु भएको राजनीतिक सफलता यो राष्ट्रिय स्वतन्त्र पार्टीको सफलता मात्र थिएन। निराशावादी जनताको आशाको केन्द्र थियो । रवि दाई केहि गर्छु भनेर उदाएको पात्रलाई राजनीतिक सफलता सँगै नागरिकता प्रकरणले धक्का लगाईदियो। वर्षै देखि कैयौँ न्याय नपाएकाहरु अदालत धाईरहेका छन् । कैयौँ मुद्दा फैसला हुन बर्षौ लाग्छ ।
तर तत्कालीन गृहमन्त्री लामिछाने दाईले संसदमा अदालतले दोषि करार गरेका सासदलाई पक्राउ गरेरै छाड्ने उद्घोष गरेकै दिने पार्टी अदालतले गृहमन्त्री लामिछानेलाई अनागरिक बनाईदिए पश्चात राजनीतिक तरङ्ग एकाएक बदलियो र सरकारबाट बाहिरिनु भयो। तर आम नागरिकलाई अचम्म लागेको कुरा यो थियो कि हजुरको मुद्दा अदालतमा चलिरहँदा पुरै पार्टीलाई सरकारबाट बाहिर लैजानु पर्ने कारण के थियो ?
3. नेपाली राजनीतिमा ओली र प्रचण्ड पुरै पानी बाराबारको अवस्थामा रहेका बेलामा एकाएक प्रचण्डलाई ओलीले प्रधानमन्त्री बनाए देउवा जिल खाए। यो नेपालको राजनीतिमा निकै विरलै घटना पनि हो । लामो समयको द्बण्द पछिको ओली प्रचण्डको मिलन सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा दुवै पक्षबिच तिक्तता हुँदा सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लियो। स्वभाविक रुपमा बहुमत सिद्ध नभएको अबस्थामा सरकारले विस्वासको मत लिनु पर्ने थियो ।
तर रवि दाई तपाईले आफ्ना नागरिकताको मुद्दामा आफू बिरुद्ध अदालतले फैसला सुनाउँदा सरकारबाट बाहिरिएका रवि दाईहरुले फेरि सरकारलाई किन विस्वासको मत दिनु प¥यो। यतिबेला विस्वासको मत दिनु नै पर्ने भए किन हिजो हजुरको ब्यक्तिगत मुद्दामा किन सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाईएको थियो ? यस प्रश्नको चित्त बुझ्दो जवाफ मैले प्राप्त गर्न सकेको छैन ।
4. ’सिधा कुरा जनता सग’ कार्यक्रममा रवि दाई हजुरले ’भ्रष्टाचारीहरुलाई टुडिखेलमा राखेर एकाएक नाकको डाडी भाच्नु मन छ“ भन्नु भएको थियो । तर प्रचण्ड सरकारले भुटजिज प्रकरणमा नाकको डाँडी र कानको जालीमा एकै पटक हानेको समयमा सरकारलाई दिएको समर्थन फेरि किन फिर्ता लिएको ? या नाकको र कानको जालीमा हानेको मन परेन् ।
यसवेला फेरि सरकारलाई दिएको समर्थन फिर्ता नै लिनु थियो भने सरकारमा जाने, फेरि फिर्ता आउने गर्नु पर्ने खास कारण के थियो ? अझै हजुरकै पालामा गृहमन्त्री हुँदा ‘राष्ट्रिय परिचय ‘ बिदेशी कम्पनीलाई बनाउने जिम्मा दिनेबारे सहमति संञ्चार माध्यममा आईरहेको छ ? यसको यथार्थता के हो ? यो पनि बाह्र भाईकै कमाल हो ? यी प्रश्नहरुको चित्त बुझ्दो जवाफ मैले प्राप्त गर्न सकेको छैन ।
5. दल सरकारबाट बाहिरिए सँगै स्वभाविक प्रतिपक्षमा रहने नै भयो । प्रतिपक्षको राजनैतिक धर्म भनेकै सरकारले गरेका नराम्रा पक्षलाई खबरदारी गर्नु र जनताका आवाजलाई सदनमा राख्नु र निति, तथा कार्यक्रम निर्माणमा जनताका आवाज राख्नु हो। तर कतिपय समयमा अनावश्यक कुरामा सरकार सँगै प्रतिपक्ष पनि अल्झिने गरेको देखिन्छ। जस्ले प्रश्नका घेराहरु प्रतिपक्ष तिर पनि तेर्सिएको देखिन्छ । जस्तो हालै एमालेले १ महिना संसद अवरुद्ध गर्यो कारण थियो सुन प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउनु पर्ने माग थियो । तर छानविन समिति १ महिना पछि बन्ने र छानविन समितिले सि.आई.वि.ले गरेको छानविनमा हेर्ने भनेर टुङ्गियो। अब यो छानविन समितिको अर्थ के ? सि.आई.वि.ले छानविन गरेको मिसिल तपाईं हामीले पनि ५० दिन पछि हेर्न पाईन्छ ।
यहि सहमति गर्न किन संसद अबरुद्ध गरेर जनताको आवाज उठाउने थलोलाई बन्धक बनाईयो ? रवि दाई हजुरको पार्टी सँग अहिले पनि जनताको अपेक्षा छ । पार्टीका सांसदहरुले आफ्नै एजेण्डामा किन अडिन नसकेको होलान ? एमालेका सांसदहरु उठ्दा उठ्ने, बस्दा बस्ने तपाईंहरुको एजेण्डा खोई ? या तपाईहरुको एजेण्डा नै एमालेको एजेण्डा हो ? उहि स्कुले जीवनमा सरहरुले उठबस बनाए जस्तो ? यी प्रश्नहरुको चित्त बुझ्दो जवाफ मैले प्राप्त गर्न सकेको छैन ।
6. रवि दाई अहिले धरानमा आन्दोलन चलिरहेको छ आन्दोलन गोरु चिन्तनो नै हो । यो आन्दोलन ठिक थियो या थिएन? यो कुरा मलाई भन्दा बढी हजुरलाई नै थाहा होला । तपाई अरु नेता भन्दा अलि बढी पृथक नेता नै हो । तर दाईले कानून जबर्जस्त मान्नै पर्छ भन्ने कुरालाई भने सहमति जनाउन सकिएन् । रवि दाई कानून मानव निर्मित हो । यस्लाई परिमार्जन र संशोधन गर्न सकिन्छ । जस्तो हिजो ’सति प्रथा’ मान्नै पर्छ भनेर जबर्जस्त गरिएको भए, अहिले के हुन्थ्यो होला ? के मेरो हजुरआमा भविघर्ति मगर अहिले १०० बर्ष पुग्नु हुने थिएनन् ।
साहेद आज भन्दा ८० बर्ष पहिल्यै, या त भारततिर लखेटिनु पर्नेथियो। या नयाँ चिहान बनाएर जिउँदै जल्नु पर्ने थियो। त्यसैले कतिपय विवादास्पद कानून पारिमार्जन आवश्यकता छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २८९ (१) र (२) मा गाई गोरु काट्ने कार्य गर्न वर्जित गरेको छ यदी कसैले उक्त कार्य गरेमा तीन वर्ष सम्म कैदको व्यवस्था छ।
युगौ युग देखी गाई गोरुको उत्पादन तथा उपभोग गर्दै आएको नेपाली समाजमा वर्तमान अवस्थामा पनि कानून वनाई गाईको उत्पादन तथा उपभोगमा अझै कानूनी रुपमा वन्देज गर्नु सह्य कुरा हो ? धर्मनिरपेक्ष राज्य नेपालमा हैट रवि दाई ! तपाई त अमेरिका बसेर फर्केको मान्छे । हजुरलाई सबै विषय थाहा छ। केहि फुर्से नेताले न्युयोर्कको टुईन तावर चढेर अमेरिका हेरेर फर्केर गफ लगाए जस्तै हैन् ।
रवि दाई, हजुरलाई एक एक विषयहरु थाहाँ छ। अमेरिकन रेष्टुरेन्टमा कहाँ पाक्छ गाईको मासु । कहाँ र कुन मन्दिरमा गाई पुजिन्छ ? गाई पुज्ने र गाई खाने दुवैको आत्म सम्मानमा कहाँ थेस लागेको छ अमेरिकामा ? दुवै पक्ष मिलेरै बसेका छन् अमेरिकामा कहाँ र कस्लाई गाई मारे बापट जेल बस्नु परेको छ ? कहाँ कसरी सामाजिक सद्भाव विथोलिएको छ ? ल ठिक छ ।
गाई खानेले पनि मन्दिर अगाडि काटेर नखाउनु । पुज्नेले पनि गाई खाए बापत जेल बस्न नपर्ने बहसको सातो नेपालमा गाई खाने र पुज्ने बिच किन यसरी भाडभैलौ भैरहेको छ ? तपाईलाई के तामाङ् समुदायले उहिलै देखि गोरु खाने गरेको थाहाँ थिएन ? के दलित तथा जनजाती समुदायहरुले परापूर्व काल देखि गाई खाएको ईतिहास तपाईलाई थाहा छैन? यी प्रश्नहरुको चित्त बुझ्दो जवाफ मैले प्राप्त गर्न सकेको छैन ।
राजधानीका ठुला होटेलहरुमा अहिले पनि लाईसेन्स लिएरै गाईका मासु बेचिरहेका समाचारमा पढ्न पाईन्छ । अब भन्नुस् रवि दाई, के ठुला होटेलमा गाईको मासु बेच्न पाईने, गरिव, दलित,जनजातीहरुले गाई खाएकै भरमा जेल जाने दिनको अन्त्य कहिले हुन्छ ? कल्पना गरौ ।
रुकुमका नवराज विकहरु मान्छे नभएर गाई भएको भए के हुन्थ्यो ? केहि दिन अगाडि जुम्लाका सांसद ज्ञान बहादुर शाहिले धमला सँगको अन्तरवार्तामा भनेका थिए ’यो संविधान मान्दैनौ च्याटेर फाल्छौ ’फेरि केहि समय पछि उनले सोहि कार्यक्रममा धमला सँगै संविधान र कानूनको व्यवस्था अनुसार गाई खानेहरुलाई जेल हाल्नु पर्छ’ भने अब भन्नुस् रवि दाई संविधान मान्दैन रे संविधानकै धारामा टेकेर सासद हुने फेरि गाई खाए वापट संविधान अनुसार जेल हाल्नु पर्ने यस्ता ताक परे तिवारी नत्र गोटामे बन्ने शाहिवाला अभिब्यक्तिबाट सजक रहनुहोस् ।
अन्तमा, रवि दाई पुरातनबादी चिन्तनले ग्रसितहरुले सामाजिक सद्भावका नाममा जातीय छुवाछूत÷विभेद, बर्गिय बिभेद, लौङ्गिक बिभेद, धार्मिक विभेद, रङ्गको आधारमा हुने विभेद, भुगोलको आधारमा हुने विभेद, साथै सामाजिक सास्कृतिक आधारमा हुने विभेदको निरन्तरता चाहन्छन् । के रवि दाई तपाईं पनि यहि बाटो अवलम्बन गर्न चाहानुहुन्छ ? तपाईंलाई रविन्द मिश्र, ज्ञानेन्द्र शाही, भिम उपाध्याय जस्ता कुरुप चेतको मानव बन्ने छुट छैन ।
जस्ले समाजमा रहेको विद्यमान कुसंस्कार र कुसंष्कृतिलाई पनि खुलेआम समर्थन गर्दै समाजलाई असमानता एवंम् विभेद युक्त समाज वनाउन उद्धत रहँदै एकल धार्मीक राज्य, एकल वंशिय शासन, एकल सामाजिक सास्कृतिक समाज निमार्ण गर्नको लागि समाजिक संजाल र मिडियाको प्रयोग गरी समाजलाई कुरुप बनाउने दिसामा प्रयत्नरत देखिन्छन।
देश भित्र रहेका भिन्न जातजाती, भाषा, संस्कृती, भुगोल, धर्म, परम्परा साथै सामाजिक सास्कृतिक अभ्यासलाई बजवुद वनाई एकताबद्ध गर्नुको सातो सामाजिक सदभावको लेपन गरेर एकल हिन्दु राज्य, एकल वंशिय राज्यको स्थापनार्थ तपाईको पार्टी र तपाई स्वयमको मौन समर्थन हुनु न्योचित छ ? चर्च, मन्दिर, गुम्वा र मस्जित भत्काउन लागेका उम्दा मानिसहरुको भिडको पछि लाग्नु भन्दा भोको पेट लिई सडकमा हात फैलाउदै गरेका मानिसको भोक मेटानु ।
ज्वरो र पखालाको औषधी नपाएर मृत्य वरण गरिरहेका गरिव तथा दुर दराजमा मृत्यु कुरिरहेका मानिसहरुलाई नयाँ जीवन दिनु ।आफ्ना सन्तान जन्माएर सुनौलो जीवनको सपना देखिरहेका आमाहरुलाई मृत्यबाट बचाई सुरक्षित रुपमा नवजात सन्तान आमा बन्ने अवसर प्रदान गर्नु ।
न्याय माग्दै धन सम्पत्ति वेची आधा जीवन विताएकाहरुलाई न्याय प्राप्त गर्ने र न्यायको अनुभुती गर्ने वातावरण बनाईदिनु। राजनीतिले विथोलिएको शिक्षालाई सुधार गर्दै, शिक्षालाई धन्दाको रुपमा स्थापीत संस्थाहरुलाई खारेज गरी इट्टा भट्टी देखी सडक सम्म, दुरदराज देखी शहर सम्मका वालवालिकालाई आफ्नो सुनौलो भविश्य निर्माण गर्ने शिक्षा प्रदान गर्ने थलोको रुपमा विद्यालय तथा विश्वविद्यालयलाई स्थापीत गर्नु ।
सरकारी कार्यालयलाई विचौलिया र घुसखोरीको अखदाको रुपमा हैन राज्य निर्माण गर्ने संयन्त्र र शुसासन प्राप्त गर्ने थलोको रुपमा स्थापीत गर्नु। राजनीतिलाई कमाउने थलो, भ्रष्टाचार गर्ने थलो, गैर कानूनी काम गर्ने थलोको रुपमा नभई सबै किसिमको भिन्नतालाई सम्मान गर्दै राज्यलाई अग्रगामी छलाङ्ग मार्दै, आर्थिक, समाजिक तथा सास्कृत रुपमा बजवुद बनाउदै चन्द्रमामा मात्र होइन अन्य असम्भव भनिएका ग्रहमा सम्म पुग्ने विकाशको अपेक्षा गरिरेहका छौ।
विभिन्नता राज्यको समस्या होइन । विभिन्नता राज्य बलियो बनाउने औजार हो । हामीलाई एकल जात, धर्म, संस्कृती र पहिचानको होइन । बहुलतामा आधारित पहिचान सहितको सुन्दर नेपालको अपेक्षा गरिरहेका छौ । तपाईको घण्टी अनकन्तार जंगलमा घाँस खाई रहेको गाई, भैसी, भेडाको घाँटीमा हैन । भ्रष्ट सोच भएका, धोगी मानसिकता वोकेका मानिस, कपट्टी अभियानता, देशका गद्दार नेतृत्वको कानकानमा तपाईको घण्टीको आवाज बज्र झै ठूलो आवाजमा बजोस । गुड लक रवि दाई ।
लेखक: हाल अमेरिका छन् ।