म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती(मोना) पोर्तुगल अलेन्तेजो क्षेत्रको चौथो अधिबेशनबाट अध्यक्षमा प्रेम कडेल निर्विरोध निर्वाचित भएका छन् ।

पोर्तुगल अलेन्तेजो क्षेत्रमा बसोबास गर्ने म्याग्देली बिचको एकता र सहकार्यका लागि भएको भेलाबाट बरिष्ठ उपाध्यक्ष अमृत पाइजा, महिला उपाध्यक्ष साइना रोका, उपाध्यक्ष कृष्ण बोगटी, विशाल न्यौपाने, महासचिव खिम घर्ती मगर, सचिब रिजन सापकोटा, कोषाध्यक्ष हिमाल शर्मा सह–कोषाध्यक्ष लक्ष्मण पौडेल रहेका छन् । अधिवेशनबाट युवा संयोजक सञ्जय पुरी, खेलकुद संयोजक याम क्षेत्री, सांस्कृतिक संयोजक मेक्कु घर्ती रहेका छन् ।

त्यसैगरी कार्यसमितिको सदस्यहरुमा तिलक घर्ती, कृष्ण सुवेदी, चित्र श्रीपाली, नारायण केसी, समीर पुन, दुर्गा बिस्वकर्मा,सन्दिप परियार,प्रेम सुनार,लेखनाथ शर्मा, चक्रपानी सुबेदी, प्रकास सुन्दास,रघुनाथ सुवेदी,गोबिन्ड पाण्डे,अजिता पाइजा,भरत केसी, यामुना पुन रहेका छन् ।

अधिवेशनले संरक्षकमा इश्वर सापकोटा, सल्लाहकारहरु मनिरन्त पौडेल,कुल गर्बुजा,मिना कुमारी पुन,दिप शाही,लिलाधर चापागाईं,प्रेम पुन,रामनाथ आचार्य र बलाराम सुवेदीलाई चयन गरेको छ ।

Leave a Reply