नेपाली विद्यार्थी समाज, दक्षिण कोरियाको आइतबार सम्पन्न २०औँ अधिवेशनबाट बेनी नगरपालिका वडा नं ६ बास्बोटका मेघनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीको हकहित तथा विभिन्न सामाजिक एवम् मानवीय सेवामा सक्रिय रहेको समाजको उपसभापति क्षेत्र नं १ मा कुमार श्रेष्ठ, उपभापति क्षेत्र नं २ सुनिता ¥याङ्की मगर, उपसभापति क्षेत्र नं ३ सौरभ चन्द्र, उपसभापति क्षेत्र नं ४ लिला राना रहेका छन् ।त्यसैगरी सचिवमा नारायण शाह सोनार, सहसचिव गायत्री थापा मगर, कोषाध्यक्ष सृजना तिवारीलाई चयन गरिएको छ ।

अधिवेशनबाट कार्यसमिति सदस्यमा अमिर खड्का, अपेक्षा पराजुली, राजन थापा, सुवि मानन्धर र छितिज थापा रहेका छन्। नवनिर्वाचित अध्यक्ष पौडेलले समाजमार्फत नेपाली विद्यार्थीको दुखसुखमा साथ दिने र विभिन्न कार्यक्रमहरु गर्ने बताएका छन् । उनले आफ्नो कार्यकालमा अग्रजहरुको अनुभव र सुझाव अनुसार थप नयाँ कार्यक्रमहरु समेत ल्याउने बताए । र्पौडेलको अगुवाईमा म्याग्दीका विभिन्न विद्यालयमा शैक्षिक साम्रागी समेत वितरण गरिएको थियो ।

 

Leave a Reply