म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आगामी असोज २६-२८ (अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने पाँचौं महाधिवेशनमा बरिष्ठ उपाध्यक्ष ददीवल खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन । अन्नपूर्ण गाउँपालिका, ६ घार पुख्यौली थलो भै लोमो समयदेखी जापानलाई कर्मथलो बनाउ“दै आएका सफल ब्यवसायी ददीवल खड्काले मोनाको नेतृत्व गर्न अगाडी सरेका हुन ।

सरल जीवनशैली, मिलनसार एवं मृदुभाषी व्यवहार धनी भएका खड्का शैक्षिक रुपमा दक्ष, ब्यवसायीक रुपमा सफल र सामाजिक गतिविधिमा समेत सक्रिय भएकाले मोनाको आगामी नेतृत्वका लागि साझा उम्मेदवार हुने ठानिएको छ । ‘ मेरो नाममा सर्वसम्मति हुन्छ, यसपटक मैले लिएको हरेक जिम्मेबारी सफलतापूर्वक सम्पन्न गरेको छु‘ खड्काले भने । मोनाका बरिष्ठ उपाध्यक्ष खड्का महाधिवेशनको आयोजिक समितिका संयोजक समेत हुन् ।

संयोजकको भूमिकामा देखिएका खड्काले विश्वभर रहेका म्याग्देलीलाई यसपटक आफ्नो उम्मेदवारीमा साथ दिन समेत अपिल गरेका छन् । मोनाको विगतको नेतृत्व यूरोप, अमेरिका, बेलायतबाट भइसकेको अवस्थामा यसपटक जापानबाटै हुने गरी मोना जापानले समेत सक्रियता देखाएको छ ।

जिल्लाभित्र र विश्वका विभिन्न मुलुल (प्रवास)मा छरिएर रहेका म्याग्देलीहरुका बीच सम्बन्धको विकास गरी प्रवासमा आर्जित पुँजी, सीप र क्षमतालाई म्याग्दी जिल्लामा उपयोग गर्ने उद्देश्यका साथ २०६४ कात्तिक ५ गते बेनीमा भएको भेलाबाट मोनाका अवधारणाकर्ता प्रकाश पुनको अध्यक्षतामा २१ सदस्यीय म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय समवन्वय परिषद गठन गरेको थियो । पुनकै अगुवाईमा सुरु भएको अभियानमार्फत हालसम्म सर्वसम्मतिमै नेतृत्व चयन भएकाले यसपटक समेत सहमतिबाटै विश्वभर छरिएका म्याग्देलीलाई एकाबद्ध बनाएर लैजाने गरी महाधिवेशन टुंगो लगाउने अपेक्षा गरिएको छ।

Leave a Reply