म्याग्दीका सुर्जे भट्टचनले नेपाली नयाँ बर्षमा बेज्जियमको जाहजमा डिजे पार्टीमा नेपालीलाई नचाए । यूरोपका विभिन्न देशमा भट्टचनले विभिन्न आकर्षक डिजे प्रस्तुति मार्फत नेपाली र बिदेशीलाई नचाउने गरेका छन् ।

यूरोपमा नेपालीहरु माझँ लोकप्रिय डिजेका रुपमा चिनिएका भट्टचनले सन् २००६ मा बेल्जिमय हुदै पोर्तुगल, डेनमार्क र हाल स्विट्जरल्याण्डमा डिजेको भूमिकामा छन् । ‘यूरोपका धेरै देशमा पुगेको छ,‘यो परिचयबाट भारतीयले समेत चिन्छन्’ भट्टचनले भने । उनले भारतीय रेष्टुरेन्ट तथा इभेन्टमा समेत डिजेको भूमिकामा देखिने अवसर मिलेको बताए । यो परिचय र जिम्मेबारीबाट सन्तुष्ट रहेको उनको भनाई छ ।

हाल जापानिज कम्पनीको स्विट्जरल्याण्डमा रहेको रेष्टुरेन्टमा कार्यरत रहेका भट्टचन मोना अन्तराष्ट्रियका उपाध्यक्ष एवम् सांस्कृति संयोजक समेत हुन् । उनी यूरोपका विभिन्न देशमा निमन्त्राणको आधारमा पुग्ने गरेका छन् । त्यस्तै गुरुङ, तमु ल्होसार, शेर्पा, मगर।हरुको चाडपर्वका साथै विभिन्न ब्यक्तिगत कार्यक्रहरुमा समेत डिजेको भूमिकामा देखिने गरेका छन् ।

नेपाली, हिन्दी र अग्रेजी सबै प्रकारको गीत संगीतबाट दर्शक तथा श्रोता नचाउने गरेका भट्टचन नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको ‘मेरो डान्स युनिभर्स’मा म्याग्दीकी देबी गर्बुजालाई जिताउने अभियानको संयोजन समेत गरेका थिए । उनले विभिन्न कार्यक्रमहरुमा सहयोग तथा आर्थिक समस्या भएकाहरुको उपचारमा समेत सघाउने गरेका छन् ।

 

Leave a Reply