म्याग्दीको पर्यटन प्रर्वधनका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाद्वारा आयोजित फोटो प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका-५,शिखका सुरेन गुरुङ विजयी भएका छन् । मोना अस्ट्रेलियाले आईतवार घोषणा गरेको नतिजाका आधारमा गुरुङ विजय घोषित भएका हुन् ।

गुरुङले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर जाने पदमार्ग अन्तर्गत रहेको फुतफुते झरनाको तस्विर प्रतियोगितामा सहभागी जनाएका थिए । उक्त तस्विरले सवैभन्दा धेरै लाईक, कमेन्ट, शेयर र पिपुल रिच प्राप्त गरि विजयी बन्न सफल भएको हो ।

१३९ जना प्रतियोगि रहेको फोटो प्रतियोगितामा बेनी नगरपालिका वडा नम्वर ५ निवासी अनुप बानियाँ द्वितिय, रघुगंगा गाउँपालिका ३ पिप्लेका भविन्द्र शाही तृतिय र बेनी नगरपालिका ७ की रेन्जिसा श्रेष्ठ शान्त्वना भएको प्रतियोगिताका संयोजक बाबुराम पौडेलले बताए । बानियाँले धवलागिरी हिमाल, शाहीले पिप्लेमा रहेको भगवति मन्दिर र श्रेष्ठले बेनी बजारको फोटो प्रतियोगितामा सहभागी जनाएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र शान्त्वना स्थान हासिल गरेका प्रतियोगिहरुलाई क्रमशः २० हजार, १० हजार र ५ हजार र ३ हजार नगद, ट्रफि र प्रमाणपत्र पुरस्कार प्रदान गरिने संयोजक पौडेलले बताए । गत साउनको ६ गतेबाट सुरु भएको प्रतियोगितामा साउनको ९ गतेभित्र म्याग्देलीद्वारा म्याग्दीका लागि भन्ने फेसवुक गु्रपमा फोटो पोष्ट गएिको थियो ।

साउनको ३० गते सम्म प्राप्त लाईक, कमेन्ट, शेयर र उक्त फोटो कति जना सम्म पुग्यो भन्ने गणनालाई प्रतियोगितामा मुल्यांकनको आधार बनाईएको थियो । जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, नयाँ पर्यटकीय गन्तव्यको खोजी तथा पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिको म्याग्दी प्रवासी नेपाली संघ मोना अस्ट्रेलियाका अध्यक्ष इन्द्र थापा मगर बताए ।

प्रतियोगितालाई आगामी दिन थप परस्कृत गर्दै लगिने अध्यक्ष थापा मगरको भनाई छ । नतिजा प्रकाशन मोना अस्ट्रेलियाको फेसवुक पेजबाट लाईभ गरिएको थियो । कार्यक्रममा मोना अस्ट्रेलियाका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार मुक्ति रोका लगायतका मोनाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply