जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा कुमार बानियाँ सर्वसम्मत चयन हुनु भएको छ । सदरमुकाम बेनीस्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा शनिबार सम्पन्न संघको अधिबेशनले बानियाँको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सोनिया पुन, सचिवमा निशान गुरुङ्ग, कोषाध्यक्षमा शिद्धार्थ शाक्य रहेका छन् ।

संघको सदस्यहरुमा बिबेक बानियाँ, निशान केसी, तुलनारायण पुन, ईश्वर कार्की, शिव शेरचन, विनोद घर्ती, छवि आचार्य, सुनिल शर्मा र ललिन सापकोटा रहेका छन् । संघको निवर्तमान अध्यक्षमा दिलिप बुढाथोकी रहनुभएको छ।

जिल्लाका विभिन्न क्लबका प्रतिनिधिहरुको सहभागि रहको अधिवेशनमा जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसी लगायतको उपस्थित रहेको थियो । नवनिर्वाचित अध्यक्ष बानियाँले म्याग्दीलाई एन्फामा आवद्ध गराउने तथा फुटबल खेलका नयाँ प्रतिभाको उजागर गर्ने बताउनुभयो ।

Leave a Reply