म्याग्दी प्रवासी नेपाली संघ (मोना)मलेशियाको दोस्रो अधिवेशनबाट मंगला गाउँपालिका वडा नं १ कुहुँका पुर्ण प्रसाद रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

रोजगार र ब्यापारको सिलसिलामा मलेसियामा गएका म्याग्देलीको साझा संस्था मोनाको अधिवेशनबाट उपाध्यक्ष सन्तोष सरगम विक, जोगलाल पुन, महासचिव केश बहादुर रोका, सचिव एवम् खेलकुद संयोजक मनोज तिलिजा, सह–सचिब भगवान खत्री, कोषाध्यक्ष छम बहादुर शाही रहेका छन् ।

अधिवेशनले कार्यसमितिको सदस्यमा विनोद पुन,विकाश रोका,देव गौतम, सागर पाईजा, अमर बानियाँ, तुजन रोका, रीतु रोका, हरि विक, गणेश पुन र कुलेन्द्र विक रहेको महासचिव केशबहादुर रोकाले बताए। मोना मलेशियाका अध्यक्ष मोना अन्तराष्ट्रियका कार्यसमिति सदस्य समेत हुन् ।

अधिवेशनबाट संंरक्षक बम बहादुर सुनार र सल्लाहकार लाल बहादुर रोकालाई चयन गरिएको छ। अधिवेशनको उद्घाटन गदैं सल्लाहकार लालबहादुर रोकाले मलेसियामा आउने म्याग्देलीलाई मोनाको सञ्जालमा जोडिन अनुरोध गरेका थिए ।

उनले रोजगारीको क्रममा हुने समस्या समाधान तथा सहकार्यमार्फत जन्मभूमिमा विभिन्न सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्नुपर्ने बताए । सोही अवसरमा नवनिर्वाचित अध्यक्ष रोकाले मोनामार्फत शिक्षा, स्वास्ग्थ्य लगायत विभिन्न सामाजिक कार्यमा सहयोग गरिएको बताए । उनले मलेसियामा समस्यामा परेका म्याग्देलीलाई उद्धार तथा तत्कालै आवश्यक सहयोगका लागि समेत विगतमा जस्तै काम गर्ने बताए ।

Leave a Reply