बेनी नगरपालिकास्तरीय ब्याडमिन्टन संघको अध्यक्षमा सज्जन शाक्य चयन भएका छन् । शुक्रबार भएको भेलाबाट शाक्यको अध्यक्षतामा १६ सदस्यीयकार्य समिति र सल्लाहकार समिति गठन गरिएको हो । कार्यसमितिको उपाध्यक्ष मोहन केसी,केशव सिउथानी, नबिनथापा मगर,हरिदेवी (मुस्कान) गौचन सचिव लोक बहादुर (लोकेश) पुन,कोषाध्यक्ष रामचन्द्र खत्री रहेका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यमा नबिन केसी, भुमिराज पुन,दल प्रसाद पुन,भुवन रोका, रस्मिन राना, रत्न थजाली, अमर गुरुङ, नर बहादुर थापा, दुर्गा बुढा मगर रहेका छन् । सोही अवसरमा माननीय सांसद हरि भण्डारी प्रमुख सल्लाहकार चयन गरिएको छ भने संरक्षकमा बेनी नगरपालिका, १० वटै वडाका अध्यक्ष, पूर्व जिल्ला खेलकूद विकास समितिकाअध्यक्ष कृष्ण बिश्वकर्मा, उद्योग बाणिज्य संघ, म्याग्दीका अध्यक्ष बेलबहादुर कटुवाल र जे.के. फाउण्डेशन, बेनीलाई लाई चयन गरिएको छ ।

जिल्ला ब्याडमिन्टन संघ, म्याग्दीको अध्यक्ष हिमालय कार्कीको अध्यक्षता र नगर प्रमुखसुरत केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा १० वटै वडाबाट प्रतिनिधित्व रहेको कार्यक्रमकको सञ्चालन बिक्रम सुवेदीले गरेका थिए भने स्वागत मन्तव्य भुपेन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रममा उप–प्रमुखश्री ज्योती लामिछाने र जिल्ला खेलकुदविकास समितिका अध्यक्ष दिनेश केसीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Leave a Reply