मगर संघ अमेरिका (युएसए)को अध्यक्षमा म्याग्दीका याम पुन मगर चयन हुनुभएको छ ।    शनिबार सम्पन्न संघको नवौ राष्ट्रिय महाधीवेशनबाट सन् २०२३–२०२५ को कार्यकालका लागि पुनको अध्यक्षतामा सर्वसम्म कार्यसमिति चयन भएको हो ।जिल्लाको बेनी नगरपालिका–३, भकिम्लीका पुनले अमेरिकामा सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । यस अघिको अध्यक्ष कुलदिप राना मगर हुनुन्थ्यो ।

बरिष्ठ उपाध्यक्षमा दिपसागर बुढामगर, इस्टन उपाध्यक्ष जिभराज बुढामगर, सेन्टर उपाध्यक्षमा टेकबहादुर थापा मगर, लजिस्टिक उपाध्यक्षमा गणेश आले मगर, महिला उपाध्यक्षमा जेनिसा घर्तिमगर र महासचिवमा भुवन सिंह आले मगर चयन हुनुभएको छ ।सचिवमा पूर्णबहादुर पाईजा मगर, ट्रेजरमा यामुना थापामगर, जोइन्ट टे«जरमा रुपा सिंजाली मगर र सदस्यहरुमा केश पुमगर, विकास घर्तिमगर, केश पुन मगर, प्रदिन एस मगर, कमल थापा सारु मगर र प्रकाश राना मगर चयन हुनुभएको छ ।

केन्द्रीय सदस्यमा चयन हुनुभएका केश पुन मगर म्याग्दीको धवलागिरी गाउँपालिका–३,मुनाका हुनुहुन्छ । विकास घर्तिमगर पनि म्याग्दीकै हुनुहुन्छ । अध्यक्ष पुन मगरले विभिन्न सिलसिलामा अमेरिकामा छरिएर बसोबास गर्ने मगर समुदायको एकता मार्फत जातीय कला ,संस्कृति र पहिचानको उत्थान , संरक्षण तथा प्रवद्र्धन गर्न आफुले पहल गर्ने बताउनुभयो । प्रवासमा मगर भाषालाई समेत उत्थान र प्रवद्र्धन गर्न सबैसंग सहकार्य  गरी याेजना बनाउने उहाँको भनाइ छ ।

Leave a Reply